प्रकाश र रोदन जनही ५० हजार पाँच रुपैयाँसहित सम्मानित | Khabarhub Khabarhub

प्रकाश र रोदन जनही ५० हजार पाँच रुपैयाँसहित सम्मानित


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– ग्वंगः सिरपा सम्मान २०७८ बाट अभिवन्द्य निबन्ध कृतिका निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ र वीरग्रन्थ निबन्ध कृतिका सर्जक तिलक प्रकाश पुरस्कृत तथा सम्मानित भएका छन् ।

मंगलबार साहित्यिक सम्मान सङ्गमको आयोजनामा श्रेष्ठ र रोदनलाई जनही ५० हजार पाँच रुपैँयाँ पुरस्कार प्रदान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र तेजेश्वरबाबू ग्वंगःले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

कुलपति उप्रेतीले ग्वंगः भक्तपुरका मात्र नभएर मुलुकमै निर्बन्ध निबन्ध लेख्ने पहिलो संस्कृतिविद् रहेका र मुलुकभित्र निबन्ध जगत्‌मा पहिलो पटक ठूलो राशिको पुरस्कार स्थापना कार्य सराहनीय रहेको बताए ।

वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबू ग्वंगस्
ले आफ्नो जीवनमा नुन, चुन र सुनमा खर्च नहुने रकम अर्थात् आफूले जीवनभर पाएका पुरस्कार रकम संकलन गरेर अक्षयकोष खडा गरी ग्वंगः सिरपा सम्मान स्थापना गरेको बताए ।

पुरस्कृत तथा सम्मानित सर्जक श्रीओम श्रेष्ठ ुरोदनुले ग्वंगः नेपाली निबन्ध र साहित्यका मात्र धरोहर नभई संस्कृतिभित्र विज्ञान खोज्ने र पुष्टि गर्ने संस्कृतिविद् रहेको धारणा राखे । उनले राजनेताहरूबाट दिइने पुरस्कार तथा सम्मानभन्दा विशुद्ध साहित्यकारबाट प्रदान गरिने पुरस्कारको ओैचित्य सबैभन्दा उच्च रहेको बताए ।

त्यस्तै, पुरस्कृत तथा सम्मानित अर्का सर्जक तिलक प्रकाशले आफ्नो कृति वीरग्रन्थले पाएको पुरस्कार तथा सम्मान जिउँदा शहीदहरूको सम्मान भएको बताए । उनले कृतिमा जिउँदा शहीदहरूका विषय समेटेका छन् ।

उक्त पुरस्कार सर्जक ग्वंगःको जन्मदिनको अवसर पारेर प्रदान गरिको हो । ग्वंग मंगलबार ८७ वर्षमा प्रेवेश गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : २८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०