काठमाडौंमा भेटिएकी आरतीलाई पढाईदिने अनुपम खेरको घोषणा | Khabarhub Khabarhub

काठमाडौंमा भेटिएकी आरतीलाई पढाईदिने अनुपम खेरको घोषणा


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता अनुपम खेरले हालैमात्र नेपालमा फिल्म ‘उचाइ’को छायांकन पुरा गरेका छन् । नेपालमा रहँदा सामाजिक सञ्जालमा उनको सक्रियता आफैंमा बेजोड थियो । उनी दैनिक रुपमा सामाजिक सञ्जालमा नेपालको प्राकृतिक सुन्दरतालाई अपडेट गरिरहन्थे ।

दैनिक जागरणका अनुसार यिनै अनुपमले एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । जुन भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

काठमाडौंको एक मन्दिर घुम्न जाँदा आफूलाई पैसा माग्न आएकी बालिकाको भिडियोलाई उनले ट्वीटरमा शेयर गरेका छन् । भिडियोमा ती बालिका प्रष्ट रुपमा अंग्रेजी बोलेकी छन् । जुन कुराबाट अनुपम प्रभावित भएका छन् ।

‘मैले काठमाडौंको एक मन्दिर बाहिर आरतीलाई भेटें । उनी भारतको राजस्थानकी हुन् । उनले मसँग केही पैसा मागिन् र मसँग तस्वीर खिचाउने इच्छा व्यक्त गरिन् । त्यसपछि मसँग फटाफट अंग्रेजीमा कुरा गर्न थालिन् । पढाईप्रति उनको रुची देखेर म चकित भएँ । यो हो हामीबीचको भलाकुसारी । अनुपम फाउण्डेसनले उनलाई पढाउने वाचा गरेको छ । जय हो’, अनुपमले लेखेका छन् ।

भिडियोमा ती बालिकाले आफ्नो नाम आरती बताएकी छन् । उनले अनुपमसँग भेटेर आफू खुशी भएको बताएकी छन् । उनले आफूले स्कुल नगई पैसा माग्ने गरेको बताएकी छन् । उनले आफू विद्यालय गएर पढ्न चाहेको उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : १० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०