क्वालिटी खानेपानी प्रालिमा जिल्ला प्रशासनको शिलबन्दी | Khabarhub Khabarhub

क्वालिटी खानेपानी प्रालिमा जिल्ला प्रशासनको शिलबन्दी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अनुगमनका क्रममा पानीका जार फोहोर भेटिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले गोकर्णेश्वरस्थित क्वालिटी खानेपानी प्रालिमा शिलबन्दी गरेको छ । मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको टोली प्रालिमा पुगेर अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा पानी प्रशोधन कक्षमा रिजर्भ ओस्मोसिस मेसिनबाट पानी चुहिएको, जार सरसफाई कक्ष सन्तोषजनक नभएको, मेसिनरी तथा उपकरण मर्मत संभार गर्ने रेकर्ड नराखेको, प्रशोधित पिउने पानी उत्पादन मापदण्ड नभएको फेला परेको प्रशासनले जनाएको छ ।

प्रयोगशाला प्रतिवेदन निर्देशिका बमोजिम पेश गर्न नसकेको जस्ता कैफियत देखिएकोले उक्त कैफियतहरु सुधार गरी अभिलेख तयार गरी तथा प्रचलित मापदण्ड पुरा गरेर मात्र उत्पादन तथा बिक्री वितरण गर्ने गरी उद्योगमा शिल गरिएको प्रशासनले जनाएको छ । साथै प्रशासनले पुराना जार नष्ट गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ७ : ४२ बजे

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज