क्वालिटी खानेपानी प्रालिमा जिल्ला प्रशासनको शिलबन्दी « Khabarhub

क्वालिटी खानेपानी प्रालिमा जिल्ला प्रशासनको शिलबन्दी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अनुगमनका क्रममा पानीका जार फोहोर भेटिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले गोकर्णेश्वरस्थित क्वालिटी खानेपानी प्रालिमा शिलबन्दी गरेको छ । मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको टोली प्रालिमा पुगेर अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा पानी प्रशोधन कक्षमा रिजर्भ ओस्मोसिस मेसिनबाट पानी चुहिएको, जार सरसफाई कक्ष सन्तोषजनक नभएको, मेसिनरी तथा उपकरण मर्मत संभार गर्ने रेकर्ड नराखेको, प्रशोधित पिउने पानी उत्पादन मापदण्ड नभएको फेला परेको प्रशासनले जनाएको छ ।

प्रयोगशाला प्रतिवेदन निर्देशिका बमोजिम पेश गर्न नसकेको जस्ता कैफियत देखिएकोले उक्त कैफियतहरु सुधार गरी अभिलेख तयार गरी तथा प्रचलित मापदण्ड पुरा गरेर मात्र उत्पादन तथा बिक्री वितरण गर्ने गरी उद्योगमा शिल गरिएको प्रशासनले जनाएको छ । साथै प्रशासनले पुराना जार नष्ट गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ७ : ४२ बजे

भरतपुरमा एक लाख मतगणना पुग्न लाग्दा ८७५६ मतले रेनुको अग्रता

चितवन– भरतपुर महानगरपालिकाको मेयरमा फेरि पनि रेनु दाहालको जित सुनिश्चित

कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण

हेटौंडा– मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण गरिएको

नेपाल र अफगानिस्तानबीचको खेल रद्द

काठमाडौं- नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको

शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

काठमाडौं- काठमाडौंको शङ्खरापुर नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १२ गते हुने

पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह

काठमाडौँ- राष्ट्रिय महिला आयोगले आठ वर्षअघि भएको बलात्कारको घटनाका पीडितलाई