मुख्यमन्त्री पाण्डेले कात्तिक २२ मा विश्वासको मतका लागि प्रस्ताव राख्ने « Khabarhub

मुख्यमन्त्री पाण्डेले कात्तिक २२ मा विश्वासको मतका लागि प्रस्ताव राख्ने


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले यही कात्तिक २२ मा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएसँगै स्थगित भएको प्रदेशसभाको बैठक  कात्तिक २२ गते डाकिएको छ । सोही बैठकमा पाण्डेले विश्वासको मतका लागि प्रस्ताव राख्ने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा आइतबार नै दर्ता भइसकेको छ ।

मुख्यमन्त्री कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको पत्रमा कात्तिक १२ गते उल्लेख गरिएको भए पनि संसद् सचिवालयमा कात्तिक १४ गते मात्रै दर्ता भएको प्रवक्ता अमात्यले बताए ।

सरकारको नेतृत्व गरेको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुरुप मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुहुने भएको हो ।

मुख्यमन्त्री पाण्डे यही कात्तिक ११ गते नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।   बागमती प्रदेशसभामा हाल १०९ सदस्य छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ६ : ४२ बजे

अभिनयलाई निरन्तर दिन्छु

काठमाडौँ– कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने चर्चित शो ‘कल कान्तिपुर’ मार्फत

निर्माण नहुँदै अमेरिका राइट्स ‘सोल्ड’ 

काठमाडौँ– अभिनेत्री र निर्मात्रीसँगै आफैँलाई स्थापित गरेको फिल्म ‘ए मेरो

सी डिभिजनमा पुलचोकको दोस्रो जित

काठमाडौँ – शहिद स्मारक सी डिभिजन लिगमा पुलचोक स्पोर्ट्स क्लबले

घट्यो सुन र चाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९००

इलामको माई नगरमा गठबन्धन हराउँदै एमाले विजयी

इलाम – इलामको माई नगरपालिकामा सत्तारुढ गठबन्धनलाई हराउँदै नेकपा एमालेले