गलत मनसाय राखेर बीमा भुक्तानी दाबी गर्नेलाई कारबाही हुने | Khabarhub Khabarhub

गलत मनसाय राखेर बीमा भुक्तानी दाबी गर्नेलाई कारबाही हुने


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्ला दिनमा बीमा क्षेत्रमा विकृति तथा विसङ्गति बढेको भन्दै त्यस क्षेत्रको नियामक निकाय बीमा समितिले सम्वद्ध पक्षलाई कारबाहीको चेतावनी दिएको छ ।

गलत मनसायका साथ बीमा दाबी भुक्तानी परेको भन्ने व्यापक गुनासो आएपछि समितिले मंगलबार एक सूचनामार्फत गलत काम नरोकिए कारबाही गर्ने चेतावनी दिएको हो ।

ठगी गर्ने नियमतले बीमा दाबी भुक्तानी गर्ने प्रयास भएको पाइएकाले समितिले चेतावनी दिँदै भनेको छ, ‘बीमाको नाममा किर्ते र जालसाजीपूर्ण कागजात तथा बेहोरा पेश गरी ठगीलगायतका कसुर गर्ने गरेको पाइएको छ ।’

कीर्ते कागजातका आधारमा बीमालेख तयार गर्ने तथा हुँदै नभएका घटनाको समेत गलत विवरण पेश गरी ठगी गर्ने नियतका साथ भुक्तानीको प्रयास भइरहेको पाइएको समितिले जनाएको छ ।

समितिले कानूनविपरीतका त्यस्ता प्रयासले बीमा व्यवसायमा नकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै यस क्षेत्रप्रति जनविश्वास घटन नदिन सरोकार भएका सबै पक्षको ध्यानकर्षण गराएको छ ।

गलत क्रियाकलपामा संलग्न नहुन बीमा कम्पनी, कम्पनीका कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयरलगायतलाई समितिले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ६ : २४ बजे

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल