सबस्टेशन निर्माणमा चिनियाँ ठेकेदारको ढिलाइ, ठेक्का तोड्ने घिसिङको चेतावनी « Khabarhub

सबस्टेशन निर्माणमा चिनियाँ ठेकेदारको ढिलाइ, ठेक्का तोड्ने घिसिङको चेतावनी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा निर्माणाधिन २२० केभी विद्युत सबस्टेशन निर्माणमा चिनियाँ ठेकेदारले ढिलासुस्ती गरेपछि नेपाल विद्युत प्राधिकरणले ठेक्का तोड्ने चेतावनी दिएको छ ।

बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेशन निर्माणमा लापरबाही र ढिलासुस्ती भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदारलाई तत्काल कार्यसम्पादन सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिएका हुन् ।

निर्माणस्थलको अवलोकनपछि घिसिङले चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेशन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएको बताएका हुन् ।

उनले कार्यसम्पादन सुधार गर्न चार महिनाको अल्टिमेटम पनि  दिएका छन् ।

खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँमा ल्याउन तामाकोसी–काठमाडौँ उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण थालिए पनि काममा प्रगती भएको छैन ।

प्राधिकरणले आयोजनाअन्तर्गत रामेछापको न्यु खिम्ती, बाह्रबिसे र काठमाडौँको लप्सीफेदीमा ४०० केभीको सबस्टेसन पनि निर्माण गरिरहेको छ ।

सबस्टेशनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, पाँच एमभीएका पावर ट्रान्सफर्मर रहनेछन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ३ : ४२ बजे

बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै

बारा– अविरल वर्षका कारण भलपानीको बाढी पसर प्रभावित बनेको निजगढको

सिँचाइले फेरिएको जीवनशैली

पाल्पा– सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ ।

बीआरआईमार्फत चीनले विश्वव्यापी महत्वाकांक्षा पूरा गर्ला ?

बेल्ट एण्ड रोड इनिसियेटिभ बीआरआईभित्र लुकेर बसेको ऋण जाल संयन्त्रलाई,

पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ 

खोटाङ– खोटाङमा ५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ

पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य

पोखरा- पोखरा महानगरपालिकाले नगर क्षेत्र भित्र हुने मुख्य उत्पादनको बिक्री