ट्याङ्कर फस्दा केआईसिंह राजमार्ग राजमार्ग अवरुद्ध | Khabarhub Khabarhub

ट्याङ्कर फस्दा केआईसिंह राजमार्ग राजमार्ग अवरुद्ध


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डडेल्धुरा जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो उक्त राजमार्गको रडुवामा ट्याङ्कर फसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

गत असोज अन्तिम साताको अविरल वर्षाका कारण आएको बाढीपहिराले उक्त राजमार्गको रडुवा खोलामा पहिरो आउँदा सडक पूर्णरुपमा बगाएको थियो ।

बगाएको सडक लामो प्रयासपछि निर्माण गरी एकतर्फी रुपमा मात्रै गाडी सञ्चालन भइरहेकामा आज  ट्याङ्कर फसेपछि राजमार्ग अवरुद्ध भएको हो ।पहाडी जिल्लाका लागि इन्धन बोकेर आएको ट्याङ्कर फसेको हो ।

ट्याङ्कर फसेपछि अहिले उक्त राजमार्गमा तराईबाट पहाड तथा पहाडबाट तराई जान हिँडेका सयौँ सवारी साधन तथा यात्रु अलपत्रमा परेका बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ३ : १२ बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।