कृषि अध्ययनका लागि इजरायल गएका १० नेपाली सम्पर्कविहीन | Khabarhub Khabarhub

कृषि अध्ययनका लागि इजरायल गएका १० नेपाली सम्पर्कविहीन



दोहा- इजरायली कृषि केन्द्रमा तालिम अध्ययनका लागि गएका १० नेपाली विद्यार्थी सम्पर्कविहीन भएका छन् ।

इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (मसाभ) द्वारा संचालित परियोजना ‘सिक्दै र कमाउँदै’ अन्तर्गत नेपालको साना किसान विकास वैंकबाट छनौट भइ विभिन्न ५ वटा इजरायली कृषि केन्द्रहरुमा ११ महिनाको तालिम तथा अध्ययनका लागि गएका १० जना विद्यार्थीहरु सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार सेडोट नेगेभ कृषि तालिम केन्द्रबाट ४ जना, द एक्स्ट्रनल स्टडीज इन्स्च्युटबाट २ जना, किन्नेरेट कलेजबाट २ जना र आराभा अन्तर्राष्ट्रिय कृषि तालिम केन्द्रबाट २ जना सम्पर्कविहीन भएको जनाएको छ ।

विद्यार्थीबाहेक रोजगारीका शिलशिलामा ल्याइएका केही कामदार पनि सम्पर्कबाहिर रहेको भन्दै दूतावासले खोजी भइरहेको जनाएको छ ।

देशको प्रतिष्ठालाई तिलाञ्जली दिँदै व्यक्तिगत स्वार्थ र लाभका लागि गैरकानूनी हिसाबले लुकिछिपी बस्ने कार्य अनैतिक भएको जनाउदै दूतावासले दुई-चार जनाको वदमासीले गर्दा वार्षिक पाँच सय जनाको ढोका बन्द गरिनु अपराध हो भनेको छ ।

दूतावासबाट मौजुदा संख्यालाई बढाएर वार्षिक एक हजार पुर्‍याउने प्रयास भइरहेकोमा यी र यस्ता कारणहरुले गर्दा समग्र कार्यक्रम नै बन्द हुन सक्ने दूतावासले चेतावनी दिएको छ । सम्पर्कविहीन भएका सबैको खोजी भइरहेको र केहीको पत्तो लागिसकेको दूतावासले जनाएको छ ।

प्रहरीको सहयोगमा पक्राउ गरी उनीहरुलाई यथाशक्य छिटो नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ ।

सम्पर्कविहीन विद्यार्थीलगायत अन्य नेपालीहरुलाई तुरुन्त दूतावासको सम्पर्कमा आउन र सम्पर्कमा नआए आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने समेत दूतावासले चेतावनी दिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ९ : १० बजे

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार