निषेधाज्ञा थपिएको थपियै, बजारमा झन बढ्दो चहलपहल  | Khabarhub Khabarhub

निषेधाज्ञा थपिएको थपियै, बजारमा झन बढ्दो चहलपहल 


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– गत वैशाखदेखि जारी गरिएको निषेधाज्ञाले पूर्वी नवलपरासी जिल्लामा निरन्तरता पाइरहेको छ ।

निजी तथा सार्वजनिक सवारी साधनदेखि बजार पूर्ण रुपमा सञ्चालन भई चहलपहल बढिरहे जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा जारी गर्न भने छाडेको छैन ।

सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको विपद व्यवस्थापन समितिको वैठकले आगामी साउन ३२ गतेसम्म लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले बताइन् । पछिल्लो निषेधाज्ञा साउन २१ गते राती १२ बजेसम्म कायम थियो ।

गत वैशाखदेखि निषेधाज्ञा जारी गरिए पनि साउनदेखि भने निषेधाज्ञा खुकुलो पारिएको छ । बजार क्षेत्रमा चहलपहल बढिरहेको छ । निषेधाज्ञा जारी गरिए पनि त्यसको कुनै प्रवाह नभएको गुनासो बढेपछि यस पटकको निषेधाज्ञामा अनुगमन र निगरानीलाई बढाइने प्रजिअ पंगेनीले बताइन् ।

नवलपुरमा निषेधाज्ञा खुकुलो पारेसँगै संक्रमितको संख्या भने बढिरहेको छ । कोरोना बढेको भन्दै प्रशासनलाई निषेधाज्ञा कडा बनाउन दबाब परेको छ भने अर्कोतर्फ ब्यापार ब्यवसाय चौपट भएको भन्दै खुकुलो बनाउनुपर्ने पनि माग रहँदै आएको छ ।

व्यापारी, शिक्षक, विद्यार्थीहरुले थप खुकुलो बनाउनु पर्ने बताउँदै आएका छन् ।

नवलपुरमा सोमबार थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जना संक्रमितको मृत्यु भएको छ । आइतबार ६२ जना संक्रमित भेटिएका थिए ।

सोमबार थपिएका संक्रमित मध्ये कावासोती नगरपालिकामा नै सबैभन्दा बढी छन् ।

कावासोतीमा ३७ जना, गैंडाकोटमा १७, देवचुलीमा ६, मध्यविन्दुमा ६, विनयी त्रिवेणिमा ३ र हुप्सेकोटमा १ जनामा सोमवार संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८२४ पुगेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ९ : ०७ बजे

भ्रष्टाचारको फाइल खोल्ने र दोषीलाई नछाड्ने गठबन्धनको बाचा 

काठमाडौं– पाँच दलीय गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ

चक्रवातका कारण ७०० जना अलपत्र 

सिड्नी– अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मंगलबार आएको उष्णकटिबन्धीय चक्रवातका कारण

कुमारी बैंकले सुरु गर्‍यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर ! 

काठमाडौं– कुमारी बैंक लिमिटेडले, नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर

पाँच दलीय गठबन्धनको न्यूनतम कार्यक्रम सार्वजनिक 

काठमाडौं– पाँच दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ

पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर

गण्डकी– होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी