त्रिवि शिक्षण अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

त्रिवि शिक्षण अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिवि शिक्षण अस्पताललाई बेलायतबाट प्राप्त करिब ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ‘अ रोटरी क्लब अफ विरमिङघम बेलायत’ले उपलब्ध गराएको स्वास्थ्य सामग्री अस्पताललाई सहयोग गरिएको हो ।

उक्त संस्थाका संस्थापक तथा अन्तराष्ट्रिय निर्देशक डा. पिटर पटेलले पठाएका स्वास्थ्य सामग्री ‘चिल्ड्रन भिजन नेपाल’का अध्यक्ष रमेश सिलवालले अस्पतालाई हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष सिलवालले शुक्रबार अस्पतालका आकस्मिक सेवा प्रमुख डा. रमेश कुमार श्रेष्ठलाई हस्तान्तरण गरे।

सिलवाल बालबालिकाको हितमा विगत एक दशकदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका थिए । उनलाई गत वर्ष सरकारले समाज सेवा रत्न पदकबाट समेत विभूषित गरेको थियो।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ११ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन