झाझ खोलाको बाढीले रौतहटको गौर डुबायो (फोटोफिचर) | Khabarhub Khabarhub

झाझ खोलाको बाढीले रौतहटको गौर डुबायो (फोटोफिचर)


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– स्थानीय झाझ खोलामा आएको बाढीका कारण रौतहटको गौर डुबानमा परेको छ।

खोलाको पानी बस्तीतर्फ प्रवेश गर्न थालेपछि गौरबासी त्रसित बनेका छन् । वाग्मती तथा लालबकैया नदीमा पानीको सतह बढदै गएपछि स्थानीय झाझ खोलामा पानीको बहा‍ब गढ्न गई खेतीयोग्य जग्गा तथा सदरमुकाम गौर डुबानमा पर्न थालेको हो ।

झाझ खोलाको पानी दिउँसो ४ बजे देखि गौर बजार क्षेत्रमा पस्न थालेको छ । जसका कारण गौरको वडा नम्बर २, ५, ९ लगायतको वडा अहिले डुबानमा परेको छ ।

नेपाल भारत सीमा क्षेत्रमा रहेको गौरस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) समेत बाढीका कारण अन्यन्त्र सारिएका छन् । अहिले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा चार फिट पानी जमेको छ । यस्तै गौर पिपरा सडक खण्डको गौर नगरपालिका – ९ सिर्सिया टोल डुबानमा परेको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : १४ बजे

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात