लेबनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा | Khabarhub Khabarhub

लेबनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लेबनानका ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभावको समस्या रहेको पाइएको छ ।

संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो महिना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभाव रहेको उल्लेख छ ।

“खाद्य अभावको समस्यामा कमी आएको पाइएको छैन, खाद्य अभावको समस्या नराम्रो अवस्थामा छ, यसले बालबालिकाको स्वास्थ्य, शिक्षा र अन्य विकासमा समेत समस्या उत्पन्न गराएको छ,” लेबनानका लागि युनिसेफका प्रतिनिधि युकेइ मोकौले भने

“लेबनानका दश मध्ये एक बालबालिका काममा जाने परेको पनि पाइएको छ । कुल ४० प्रतिशत बालबालिकाको परिवारजनको रोजगारी छैन । ती मध्ये ७७ प्रतिशत परिवारले कुनै पनि सामाजिक तथा सरकारी सेवा सुविधा तथा राहत पाएका छैनन” युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

लेबनानका कुल १५ प्रतिशत परिवारले उनीहरुका बालबालिकाको पढाई रोकिदिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ३ : ०५ बजे

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९