भासियो मर्स्याङ्दी नदीको झोलुङ्गे पुल | Khabarhub Khabarhub

भासियो मर्स्याङ्दी नदीको झोलुङ्गे पुल


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– केही दिनदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल भासिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको हो ।

बाढीले तनहुँतर्फको पुलको भाग भासिएर नदीमा पुगेको छ । आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले दुई जिल्ला जोड्ने पुल भासिएपछि वारपार गर्न समस्या भएको जानकारी दिए । यही पुल हुँदै गोरखास्थित अकला मन्दिरमा भक्तजन आउने गर्दथे ।

पुल भासिएको अनुगमनका लागि आँबुखैरेनीका जनप्रतिनिधिलगायत कर्मचारीको टोली त्यसतर्फ जान लागेको पोख्रेलले बताए । तनहुँका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले पनि पुलको अनुगमन गर्ने तयारी गरेको छ । पोखराबाट प्राविधिक टोली पनि आउने तयारीमा रहेको जानकारी पाएको पोख्रेलले बताए ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  २ : ०२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६