ज्यास्मिन हाइजिनले ल्यायो सेफ्टी इनसिनेटर मेसिन | Khabarhub Khabarhub

ज्यास्मिन हाइजिनले ल्यायो सेफ्टी इनसिनेटर मेसिन


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्यानेटरी व्यवस्थापनको समस्या समाधान गर्न ज्यास्मिन हाईजिनले सेफ्टी इनसिनेटर मेसिन ल्याएको छ । जसले एक दिनमा १०० प्याड सम्म डिस्पोज गर्ने जनाइएको छ ।

यो मेसिन विद्युतबाट संचान गरिन र प्रयोगकर्ता मैत्री पनि रहेको कम्पनीको दाबी ट । जब प्रयोगमा आउदैन यो मेसिन स्वचालित रूपमा बन्द हुने जनाइन्छ ।

यसमा खरानी सफा गर्ने ट्रे समेत समावेश छ । यसले ब्याक्टेरिया र गन्ध समेत हटाउने गर्छ भने यसबाट आउने खरानी जुन मलको रूपमा समेत प्रयोग गर्न सकिन्छ र यो पानीमा सजिलैसँग घुल्ने बताइन्छ ।

ज्यास्मिन हाइजिनका प्रबन्ध निर्देशक पुनित सारदाले भने, “ नेपालमा सेनेटरी प्याडको प्रयोग बिस्तारै बढ्दैछ र प्रयोग भएका सेनेटरी प्याडको उचित व्यवस्थापन गर्नु सधै एउटा समस्याको विषय हो । ती समस्याहरुलाइ बुझेर हामीले सेफ्टी सेनेटरी प्याड ईन्सेनेरेटर ल्याएका छौं, जसले सेनेटरी फोहोरलाई जलाउछ र वातावरणीय फोहोरलाई न्यूनतम पार्छ। हामी ज्यास्मिन हाइजिन , सधै विश्लेषण र खोज गरिरहेका हुन्छौ कि कसरी उत्तम तरिकाले सबैले महिनावारि संभावित सबै शिर्षक लाई सहज गर्न सकिन्छ भनेर , ईन्सेनेटरको प्रयोग यसको एक पाइला हो । स्कूल, सरकारी तथा कर्पोरेट कार्यालयहरू, शपिंग मल लगायत सार्वजनिक शौचालयहरूमा समेत यसलाइ सजिलै राख्न सकिन्छ र यो प्रयोग गर्न पनि एकदमै सजिलो छ।’

ज्यास्मिन हाईजीनले हालसालै सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेसिन पनि ल्याएको थियो, जसबाट आवश्यक परेको समयमा किराना पसल वा फार्मेसीमा गए बिना नै सहज रुपमा स्यानेटरी प्याडको प्रयोग गर्न सक्ने पहुँच बनाएको छ । कार्ड वा सिक्काको प्रयोग बाट सजिलै मेसिनबाट सेनेटरी प्याड प्राप्त गर्न सकिन्छ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  २ : १७ बजे

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको