के गर्दैछन् मनीषाका पहिलो अनस्क्रिन बलिउड प्रेमी ? | Khabarhub Khabarhub

के गर्दैछन् मनीषाका पहिलो अनस्क्रिन बलिउड प्रेमी ?


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपीलाइभ)- बलिउडमा आएका कैयौं स्टार ‘वन फिल्म वण्डर’ साबित हुँदै गएका छन् । जसमा अभिनेता विवेक मुश्रान पनि पर्छन् ।

विवेकले सन् १९९१ मा रिलिज फिल्म ‘सौदागर’बाट बलिउडमा डेब्यू गरेका थिए । फिल्ममा उनको अपोजिटमा मनीषा कोइराला थिइन् । मनीषाको पनि यो डेब्यू फिल्म नै थियो ।

यो फिल्म रिलिज ताका उनीहरुको जोडीलाई दर्शकले निकै मनपराएका थिए । खास गरी यो फिल्मको गीत ‘इलू इलू’मा उनीहरुको केमेस्ट्री अत्यधिक मनपराइएको थियो ।

फिल्ममा विवेक र मनीषाले दिलीप कुमार र राजकुमार जस्ता भेट्रान कलाकारसँग अभिनय गर्ने मौका पाएका थिए । यो फिल्म बक्सअफिसमा हिट साबित भएको थियो ।

यो फिल्म पछि विवेकको अभिनय करियले नयाँ उचाइ छुनेमा फिल्मकर्मीहरु विश्वस्त थिएन । तर त्यसो हुन सकेन ।

उनले ‘राम जाने’, ‘ऐसी भी क्या जल्दी है’, ‘फस्ट लभ लेटर’, ‘अनजाने’ जस्ता फिल्ममा काम गरे । यी फिल्मले उनलाई ‘सौदागर’ले जस्तो सफलता दिलाउन सकेन ।

आजकल विवेक कैयौं फिल्ममा सहायक भूमिकामा देखिन थालेका छन् । उनले एक अन्तरवार्तामा आफू सफल नहुनुको कारण नै खुलाएका छन् ।

‘मानिसहरुले मलाई ‘सौदागर’को ‘इलू–इलू’वाला पहिचानबाट अगाडि हेर्नै पाएनन् । मेरो प्रतिभाको प्रयोग नै हुन सकेन । अभिनेताका रुपमा मलाई राम्रो मौका दिइएन । मैले केही भूमिकाबाट आफ्नो पहिचान तोड्ने पनि प्रयास गरेँ तर त्यसलाई स्वीकार गरिएन । उद्योग आफ्नो स्वार्थमा काम गर्छ, जसलाई तोड्न मुस्किल पर्छ’, उनले भनेका छन् ।

विवेक फिल्म ‘वीरे दी वेडिङ’मा एक समलिंगी पुरुषको भूमिकामा देखिएका थिए । अहिले उनी सहायक भूमिकाबाटै आफ्नो करियर चलाउन बाध्य छन् ।

उमेरले ५१ वर्षमा हिँड्दै गरेका यी अभिनेताले ‘सोन परी’, ‘किटी पार्टी’, ‘भास्कर भारती’ जस्ता टेलिफिल्ममा पनि काम गरेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  २ : १० बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म