लुम्बिनी प्रदेश : बजेट अधिवेशन आजदेखि, मुख्यमन्त्री पोखरेलको राजीनामा माग्ने विपक्षीको तयारी | Khabarhub Khabarhub

लुम्बिनी प्रदेश : बजेट अधिवेशन आजदेखि, मुख्यमन्त्री पोखरेलको राजीनामा माग्ने विपक्षीको तयारी



वुटवल- लुम्बिनी प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन आज शुरु हुँदैछ ।

आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

आजको बैठक शुरू भएपछि सत्ता बाहिर रहेका नेपाली कांग्रेस , माओबादी केन्द्र, जसपा र जनमोर्चाले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग्ने तयारी गरेका छन् ।

बहुमतको अवस्थामा नहुँदा पनि नेकपाका नेता पोखरेललाई प्रदेश प्रमुखले नियुक्ती गरेको भन्दै विपक्षीदलले यसको बिरोध गर्दै राजीनामा माग्ने बताएका छन् ।

गएको बैशाख ६ गते विपक्षी ४ दलले अविश्वासको प्रस्ताव प्रदेशसभमा दर्ता गरेका थिए । तर मुख्यमन्त्री पोखरेलले बैशाख १९ गते बोलाइएको संसद बैठक बस्न नपाउदै पदबाट राजीनामा दिएका थिए ।

सोही दिन पोखरेलले बहुमत पुर्‍याएको दाबी गर्दै प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ती गरेका थिए । दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भए पनि प्रदेश प्रमुखले त्यसको औचित्य नभएको पत्रमार्फत प्रदेशसभालाई जानकारी गराएका थिए ।

लुम्बिनी प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), अल्पकालीन आदेशबाट सांसद् पद पाएका ४ जनासहित जसपाका ६ र राष्ट्रिय जनमोर्चामा एक सांसद छन् ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ११ : ०५ बजे

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना