लुम्बिनीमा सूर्य चिन्हबाट चुनाव जितेका दुई सांसद विपक्षी गठबन्धनमा (भिडियोसहित) | Khabarhub Khabarhub

लुम्बिनीमा सूर्य चिन्हबाट चुनाव जितेका दुई सांसद विपक्षी गठबन्धनमा (भिडियोसहित)


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नेकपा एमालेको सूर्य चिन्ह लिएर २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित दुई जना सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् ।

शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भए लगत्तै धर्मबहादुर लाल श्रीवास्ताव र अजय शाहीले एमालेको साथ छाडेका हुन् । एमालेकै सांसद दुर्गानारायण पाण्डेले प्रदेश सभा सदस्यबाट राजीनामा दिए पनि आफूहरुले राजीनामा नदिएको अजय शाहीले बताए ।

मुख्यमन्त्री पोखरेलको साथ छोडेका दुई सांसद श्रीवास्ताव र शाही कांग्रेस-माओवादी गठबन्धनमा लागेका छन् ।

हेरौँ भिडियो

शाही हृदयेश त्रिपाठीसँगै सूर्य चिन्ह लिएर पश्चिम नवलपरासीबाट निर्वाचित भएका थिए । श्रीवास्ताव कपिलबस्तुबाट निर्वाचित हुन् । सांसद शाहीले आफूहरुले राजीनामा नदिएको भन्दै गठबन्धनलाई सघाउने निर्णय गरेको बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : ४९ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्