झापामा अस्थायी उपचार केन्द्रहरू तयार गरिँदै | Khabarhub Khabarhub

झापामा अस्थायी उपचार केन्द्रहरू तयार गरिँदै



झापा– कोरोनाको संक्रमण दर डरलाग्दो गरी बढ्ने तर अस्पतालहरुमा शैय्या पाउन कठिन हुने अवस्था भएपछि झापाका स्थानीय सरकारहरु गत वर्ष सञ्चालनमा ल्याइएका कोभिड अस्पताल तथा उपचार केन्द्र फेरि सञ्चालन गर्ने तयारीमा जुटेका छन् ।

भारतीय सीमासँग जोडिएको झापाको गौरीगञ्ज गाउँपालिकामा अहिले कोरोनाको नयाँ भेरियन्टका २५ जना संक्रमितहरु छन् । तीमध्ये कसैको पनि जटिल अवस्था नरहेका कारण उनीहरु घरैमा स्वास्थ्यलाभ गरिरहेको गाउँपालिकाले जनाएको छ ।

संक्रमितमध्ये एक जनामा झाडापखालाको लक्षण देखिएकाले स्वास्थ्यकर्मीहरुले निगरानी गरिरहेको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए ।

यस गाउँपालिकाका सर्वसाधारणका लागि वडा नं ६ स्थित खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सहितको १० वटा अइसोलेसन तयार राखिएको छ । यस्तै, ५० जना क्षमताको क्वारेन्टिन पनि रहेको स्वास्थ्यशाखाले जनाएको छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मिश्रले कोभिडको लक्षण नदेखिएका तर पीसीआर रिपोर्ट पोजिटिभ भएकाहरू होम आइसोलेसनमा बसेको बताए । लक्षण देखिए वा उपचार गर्नु पर्ने अवस्था भएमा तुरुन्तै उपचार शुरू गरिने उनको भनाइ छ ।

दमकमा तयारी पूरा

झापाको दमक २ स्थित बेलडाँगीमा रहेको दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्र आइतबारदेखि सञ्चालनमा आउँदैछ । यसको सबै तयारी पूरा गरिएको नगरउपप्रमुख तथा अस्पताल सञ्चालक समिति अध्यक्ष गीता अधिकारीले जनाएकी छन् ।

कोरोनाको पहिलो चरणमा यहाँ ४० जना संक्रमितको उपचार गरिएको थियो । यस अस्पतालमा ४ वटा एचडीयूसहित कुल ३० बेड क्षमता छ ।

७० संक्रमित, एकको मृत्यु

दमकमा कोरोना नयाँ भेरिएन्टका संक्रमितको संख्या ७० पुगेको छ । नगरपालिका जनस्वास्थ्य निरीक्षक वदी बरालका अनुसार संक्रमितमध्ये जटिल अवस्थाका ४ जना विभिन्न अस्पतालमा छन् ।

दमक नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रजापति सापकोटा संक्रमणकै कारण उपचारका क्रममा छन् । प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना होम आइसोलेसनमा छन् ।

कमलमा तयार हुँदै

झापाकै कमल गाउँपालिकामा पनि कोरोनाको पहिलो लहरमा चलाइएको कोभिड उपचार केन्द्र फेरि तयार पारिँदै छ ।

कोरोनाको संक्रमण न्युन भएपछि बन्द गरिएको उपचार केन्द्र फेरि सञ्चालनमा ल्याउनु पर्ने अवस्था आएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

कोरोनाको पहिलो लहरमा यहाँ एक जना चिकित्सक र २ जना नर्ससहितको उपचार सेवा सञ्चालन गरिएको थियो ।

अस्थायी उपचार केन्द्रमा जटिल उपचार सम्भव नभए पनि घरमा राख्न जोखिम हुने संक्रमितहरुलाई आधारभूत स्वास्थ्य सेवा दिइने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताए ।

कमल गाउँपालिकामा कोरोनाका नयाँ भेरियन्टका ९ जना संक्रमित पहिचान भएका छन् । एक जनाको विराटनगरमा उपचारका क्रममा मृत्यु भयो ।

निषेधाज्ञा घोषणा

कोरोना संक्रमण बढेपछि नियन्त्रणका लागि झापामा निषेधाज्ञा घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले वैशाख १९ गते पूर्वाह्न मध्यरातीदेखि २६ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा लागु गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ४ : ०४ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं– सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने

‘बजेट ल्याएर निजी क्षेत्रको मनोबल उठाउँछु’- अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ