मिस युनिभर्समा मेरो सहभागिता नेपालको गौरव हो | Khabarhub Khabarhub

मिस युनिभर्समा मेरो सहभागिता नेपालको गौरव हो



‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अन्सिका शर्माले ‘मिस युनिभर्स २०२१’ मा नेपालको प्रतिनिधित्व गर्दैछिन् ।

झापाकी अन्सिकाले शिक्षाबाट बञ्चित बालबालिकाका लागि ‘अन्सिका एजुकेशन वेलफेयर फाउण्डेसन’ पनि शुरू गरेकी छन् । ‘मिस युनिभर्स २०२१’ को तयारी र फाउन्डेसनका बारेमा खबरहबले अन्सिकासँग कुराकानी गरेको छ ।

मिस युनिभर्स २०२१ मा जाँदै हुनुहुन्छ । कस्तो लागेको छ ?

नयाँ यात्राका लागि निकै उत्साहित छु । यही मे १६ मा ‘मिस युनिभर्स २०२१’ हुँदैछ । म १० दिनपछि जाँदैछु । मेरो उत्साह बढेको छ ।

तपाईं नेपालको प्रतिनिधित्व गर्ने एक प्रतिस्पर्धी हुनुहुन्छ । आफ्नो देशको प्रतिनिधित्व कसरी गर्दै हुनुहुन्छ ?

मेरा लागि, मिस युनिभर्स नेपालको समूहका लागि र सबै नेपालीका लागि यो गर्वको क्षण हो । मैले १३-१४ वर्षको उमेरमै एक दिन नेपालको ‘मिस युनिभर्स’ मा प्रतिनिधित्व गर्छु भन्ने सोचेकी थिएँ । बल्ल २०२१ मा आएर कार्यान्वयन हुँदैछ । खुशी लागेको छ । निकै गर्व महसुस गरिरहेकी छु ।

तपाईंका परिवार र साथीहरू कत्तिको सहयोगी छन् ?

उहाँहरूको सपोर्टले नै म सबै कुरा व्यवस्थापन गर्न सकिरहेको छु । मिस युनिभर्स जस्तो लार्ज स्केलमा हुन लागेको सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर जाँदा अवश्य नै सपोर्ट चाहिन्छ । म भाग्यमानी छु । मेरो परिवार सानैदेखि सपोर्टिभ हुनुहुन्छ । मेरो साथीहरू, आफन्तहरूले पनि भोट गरिरहनुभएको छ ।

अहिले ‘मिस युनिभर्स नेपाल’ को टिम नै छ । उहाँहरूले मेरो जित्ने चाहना नघटोस् भनेर दैनिक मोटिभेसन गरिरहनुभएको छ । हाम्रो परिवार, आफन्त, टिम सबै सहयोगी छन् । राम्रो शुभकामना, सन्देश फेसबुक र इन्स्टाग्राममा आइरहेको छ ।

भिडियो हेर्नुहोस्

जुनसुकै प्रतियोगितामा पनि आफ्नो देशको प्रतिनिधित्व गर्दै बाहिर जानु सबैका लागि छुट्टै खालको गर्वको क्षण हुन्छ । ‘मिस युनिभर्स २०२१’ मा तपाईं जाँदै हुुनुहन्छ । तयारी कस्तो हुँदैछ ?

डिसेम्बर २०२० मा मैले ‘मिस नेपाल युनिभर्स २०२०’ को उपाधि जितेकी थिएँ । त्यसको भोलिपल्ट नै तयारी शुरू भइसकेको थियो । झण्डै चार महिना मसँगै मेरो टिमले तयारी गरेको थियो । ‘मिस युनिभर्स’ लाई चाहिने आफ्नो उपस्थिति, कम्युनिकेसन स्किल र एडभोकेसीजस्ता कुरा सिकेँ ।

अहिले फाइनल प्रिपेरेसनको स्टेजमा छु । प्राक्टिस भइरहेको छ, सेटिङ भइरहेको छ । फाइनल कन्टेन्टहरू सबै कुरा अकुमुलेट गर्दैछौँ ।

नेपालमा पहिरनलाई लिएर बढी आकर्षण र जजमेन्टमा धेरै राम्रो कमेन्टहरू आइरहेको हुन्छ । यसपालि ‘मिस युनिभर्स २०२१’ मा के योजना छ ?

मलाई लाग्छ, ‘मिस युनिभर्स’ को एउटा एक्साइटिङ पार्ट चाहिँ नेसनल कस्ट्युम, इभिनिङ गाउन हो । त्यही कारण हाम्रो टिमले नेपालको एकदमै राम्रा डिजाइनरहरू सेलेक्ट गरेर काम गरिरहेको छ । यसको डिटेल्स शेयर गर्न मिल्दैन, बिकज इट इज मस्ट एन्टिसिपेटेड इन मिस युनिभर्स । अहिले नै रिभिल गर्यो भने पछि एक्साइटमेन्ट हुँदैन ।

तपाईंले डिजाइनरको कुरा गर्नुभयो । को हुनुहुन्छ यसको मेन डिजाइनर ?

म अहिले भन्न सक्दिनँ । उहाँहरू नेपालका उदाउँदा डिजाइनरहरू हुनुहुन्छ । हाम्रो नेसनल कस्ट्युम र इभिनिङ गाउनमा पनि उहाँहरूले हार्डवर्क गरिरहनुभएको छ । प्रोडक्ट पनि त्यही अनुसारले आएको छ । म एकदमै खुशी छु ।

भोटिङ शुरू भइसकेको छ । नेसनल र इन्टरनेशनल फ्यानहरूले कसरी सपोर्ट गरिरहनुभएको छ तपाईंलाई ?

भोटिङ शुरू भएको छ । यसपटक ‘मिस युनिभर्स’ मा टप २० मा पुग्न भोटिङमार्फत एकजना डेडिकेटले सिधै प्रवेश पाउन आँटेका छन् । मलाई लाग्छ नेपालीहरू भोट गर्नमा पछि पर्दैनन् । त्यही भएर मेरो एक्सपेक्टेसन एकदमै हाई छ ।

भोटका लागि हामीले मिस युनिभर्स एपथ्रुबाट एउटा फ्री भोट गर्न सक्छौँ । त्यसपछि पनि हजुरहरूले मलाई माया र सपोर्ट गरिदिनुभयो भने एडिसनल पर्चेज गरेर भए पनि मिस युनिभर्सको एपमा एप्पल पे र गुगल पेद्वारा भोट गर्न सक्नुहुन्छ ।

नेपालमा चाहिँ अलिकति सजिलो छ । हाम्रो खल्ती एपले सपोर्ट गरिरहनुभएको छ । खल्ती एपमा गएर नेपाललाई भोट गर्न मिल्छ ।

‘अन्सिका एजुकेसन वेलफेयर फाउन्डेसन’ को बारेमा जान्न मन लाग्यो । फाउन्डेसन स्थापना भएको धेरै भएको छैन, फाउन्डेसन स्थापनाको सोच कसरी आयो ?

‘अन्सिका एजुकेसन वेलफेयर फाउन्डेसन’ मेरो मुटुसँग नजिक छ । मेरो बेबी नै भनौँ । सानैदेखि मेरो बुबा बालबालिकालाई शिक्षामा पहुँच बढाउन र उनीहरूलाई प्रोत्साहन गराउन फिल्ड भिजिट गर्नुहुन्थ्यो । घर फर्किंदा दुर्गम क्षेत्रका बच्चाहरूको कथा लिएर आउनुहुन्थ्यो । कोही विद्यार्थी पढ्न जान नसक्ने, कोहीले ड्रप आउट गर्नुपर्ने अवस्था, आर्थिक असन्तुलन र विद्यालयसम्म पहुँचको अभावको कुरा गर्नुहुन्थ्यो । ती कुराहरू मैले सानैदेखि सुन्दै आएकी थिएँ ।

कुनै दिन शिक्षा क्षेत्रमै र त्यो पनि शिक्षा क्षेत्रबाट बञ्चित बालबालिकाहरूका लागि काम गर्छु भन्ने मेरो चाहना थियो । त्यो चाहना चाहिँ सन् २०१८ मा पूरा गर्न सकेँ । तीन वर्षअघि मैले अस्ट्रेलिया युनिभर्सिटीबाट ग्राजुएट गरेकी थिएँ ।

ग्राजुएसनसँगै म आत्मनिर्भर बनेँ । अब केही गर्न सक्छु भन्ने भयो । त्यसपछि एउटा टिम बनाएँ । अनि २०१८ मा हामीले जुम्लाको खलङ्गा गाउँपालिकामा शिक्षाबाट बञ्चित १० जना बालबालिकालाई आर्थिक प्रायोजन गरेका छौँ ।

सन् २०२० मा ‘मिस युनिभर्स नेपाल’ जितिसकेपछि मसँग एउटा १० लाखको रिसोर्सेस आयो । यो पैसा सदुपयोग गर्न सन् २०२१ को फेब्रुअरीमा आफ्नो फाउन्डेसन स्थापना गरेँ । त्यसपछि म मेरो गृहजिल्ला झापा गएँ । सानैदेखि मैले त्यहाँका कथाहरू पनि सुन्दै आएँ । अनि अलिकति कनेक्टेड फिल हुन्छ ।

म आफैँ झापा गएर विद्यार्थीहरू छनोट गरेँ । सबैको घरमा पुगेँ । म केमा सहयोग गर्न सक्छु भनेर बुझेँ । उनीहरूको चाहना बुझेँ । अहिले मैले त्यहाँका १४ बालबालिकालाई सहयोग गरिरहेकी छु । मेरो फाउन्डेसनले झापा र जुम्लाका २४ विद्यार्थीलाई सहयोग गरेको छ ।

यो काम गर्दा तपाईंले धेरै च्यालेन्जहरू फेस गर्नुभयो होला, कसरी सामना गर्नुभयो ?

मेरो लागि त बिगेस्ट च्यालेन्ज टु फेस द रियालिटी थियो । सानैदेखि एकदमै प्रिभेलेज ब्याकग्राउन्डमा हुर्किएकी केटी हुँ । सुन्न चाहिँ सुनेको तर देखेको चाहिँ त्यस्तो मजाले थिएन । टीभीमा कथाको रूपमा मात्र सुनेकी थिएँ । त्यहाँ गएर प्रत्यक्षरूपमा देख्दा मन नै चिसो हुने, अरू के गर्न सकिन्छ भन्ने मात्र दिमागमा आउथ्यो ।

मैले मेरो साइडबाट चाहिँ के गर्न सक्छु, यतिले त पुग्दैन भन्ने मात्र हुने । यो चाहिँ मेरा लागि एकदमै ठूलो च्यालेन्ज थियो । त्यहाँका बच्चाले देखेको सानो संसारमै उनीहरू रमाइरहेका छन् तर उनीहरू खुशी नै छन् । त्यो कुराले चाहिँ अलिकति ढुक्क बनायो ।

तपाईंको सपना थियो कि इमोसनले तपाईंलाई फाउन्डेसन शुरू गर्न प्रेरित गर्‍यो ?

मलाई लाग्छ, एउटा सपना पूरा गर्न इमोसनले नै काम गर्छ । इमोसन कहाँबाट आयो भने अघि भनेअनुसार मेरो बुबाले शेयर गरेका कथा र सानैदेखि मैले हेल्प गर्नुपर्छ भन्ने कुरा फिल गर्दै आएँ ।

आजभोलि यो करेन्ट मिडिया अटेन्सनले गर्दा पनि धेरै खालको बेरियर र लिमिटेसनहरू सुनिरहेका हुन्छौँ । तपाईंले कुनै कस्तो खालको च्यालेन्जेज वा लिमिटेसन्स अनुभव गर्नुभयो, खास गरी मिस युनिभर्स नेपालमा ?

फर्चुनेटली भन्छु म, मैले चाहिँ देखेको छैन । सुन्नमा चाहिँ आएको छ । त्यस्तो अनुभव गरेको छैन । आलोचना र चुनौतीलाई म कसरी लिन्छु भन्ने कुरामा पनि भर पर्छ । सानो सानो कुराले असर नगरेर पनि शायद लिमिटेसन्स अनुभव गर्न नसकेको होला ।

‘मिस युनिभर्स’ भन्दा अघि कुनै पिजेन्टमा पनि जानुभएको थियो कि ?

नेशनल लेभलमा चाहिँ ‘मिस युनिभर्स नेपाल’ नै हो । अस्ट्रेलियामा हुँदा ‘मिस नेपाल ओसियाना’ भन्ने लोकल पेजेन्टमा प्रतिस्पर्धी थिएँ । त्यहाँ म फस्ट रनर अप बनेँ ।

त्यसले केही सहयोग गर्‍यो ?

निश्चय नै, त्यसले सहयोग गर्‍यो । त्यो चाहिँ पहिलो अनुभव थियो । ब्युटी पेजेन्टमा जाँदा कस्तो हुन्छ, म कस्तो फिल गर्छु, मेरो विकनेसने र स्ट्रेन्थ के हो भनेर जान्ने अवसर पाएँ ।

त्यो सबै कुरा बुझेर ‘मिस युनिभर्स नेपाल’ का लागि नेपाल आएँ । ‘मिस युनिभर्स नेपाल’ मा पनि आफ्ना धेरै कुराहरू थाहा पाएँ । यही कुरा ‘मिस युनिभर्स’ मा लिएर जान्छु ।

सौन्दर्य प्रतियोगिताको कुरा गर्दा सीमाको कुरा पनि आउँछ । विशेषत महिलाका लागि यी कुरा सुनिन्छन् । त्यो के रहेछ ?

म चाहिँ व्यक्तिगत कुरामा बाँच्न चाहन्छु । हामीलाई जे गर्न मन लाग्छ, त्यो गर्नुपर्छ भन्ने कुरा प्रमोट गर्छु । सबैको माइन्ड कन्ट्रोल गर्न सकिँदैन । आफूले कसरी लिने, त्यसमा चाहिँ एकदमै भरपर्छ । आफू स्ट्रङ हेडेड हुनुपर्छ जस्तो लाग्छ ।

जसले लिमिटेसनहरू राखिदिनुहुन्छ, नेगेटिभ कुराहरू भनिदिनुहुन्छ वहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने आएर आफैँ इक्सिपरियरन्स गरेपछि मात्रै कुराहरू राखिदिनुहोस्, लिमिटेसनहरू राखिदिनुहोस् ।

पेजेन्टहरूले ब्युटीलाई मात्र प्राथमिकता दिन्छ भन्छन् नि ?

यो सत्य हो । ब्युटी भनेको बाहिरी सुन्दरता मात्र होइन । ब्युटी भनेको ‘हाउ इज एज यु पर्सन’, तपाईंको पर्पोज के छ लाइफमा, तपाईंको स्टोरी कस्तो छ, इक्सपिरियन्स कस्तो छ, त्यो स्टोरी र इक्सपिरियन्सलाई लिएर तपाईंले स्टेजमा कस्तो मेसेज दिनुहुन्छ ।

आइ थिंक ब्युटी पिजेन्ट इज लिडरसिप प्लाटफर्म, इम्पावरिङ प्लाटफर्म, फर मी एन्ड अदर इन्डिभिजुअल एज वेल । मेरो ब्युटीको परिभाषा चाहिँ त्यो हो ।

मिस युनिभर्समा पहिलोपटक अडिसन दिन जाँदा, त्यति धेरै प्रतियोगीमा आफू छनोट हुँदा र फिनालेसम्म जाँदाको कुरा थोरै सुनाइदिनुहोस् न !

कोभिड महामारीका कारण भर्चुअल भएको थियो । म त्यतिबेला अस्ट्रेलियाको सिड्नीमै फूल टाइम काम गरिरहेकी थिएँ । एप्लिकेसन खुल्यो । म त एकदमै एक्साइटेड थिएँ, फस्ट टाइम भएको हो नि त ‘मिस युनिभर्स नेपाल’ ! जितियो भने त ‘मिस युनिभर्स’ नै जाने हो भनेर यता आएँ ।

डिफरेन्ट टास्क, च्यालेन्जेहरू दिनुभएको थियो । सबैको भिडियो बनाउँदा सबैको च्यालेञ्जेजहरू गर्दा एकदमै एक्साइटमेन्ट थियो ममा । ९७ कन्टेस्टेन्ट छनोट हुनुभयो । त्यसपछि टप ५० भयो । टप ५० मा पुग्दा चाहिँ म अलिकति इमोसनल भएँ ।

अहिलेसम्म मेरो विचारमा नेपालको ब्युटी पेजेटमा यस्तो बलियो प्रतिस्पर्धा देखेकी थिइनँ । ती प्रतिस्पर्धीहरूमध्ये म पनि पर्दा एकदमै प्राउड फिल गरेँ ।

काठमाडौँमै आएर फिजिकल इभेन्टको लागि तयारी गर्नुपर्ने थियो । हामी १८ जना सक्षम महिलाचाहिँ मेरियट होटलमा १० दिनको क्लोज क्याम्पमा बस्यौँ । ट्रेनिङ, कोरियोग्राफी, बन्डिङ भयो । त्यो सबै गरेर फाइनल लाइटमा जित्न सफल भएँ ।

सिड्नीमा तपाईंको राम्रो जब थियो, त्यहाँ सेटल गर्न सक्नुहुन्थ्यो । कोरोना महामारीमा आउनुभयो । फेरि फर्केर जानुपर्छ भन्ने लागेको छैन ?

त्यो चाहिँ अनेस्ट भएको थियो । मलाई लाग्छ, यो मेरो ठूलो निर्णय हो । महामारीमा यात्रा गरेँ । त्यो बेला अस्ट्रेलियामा त्यति धेरै संक्रमण थिएन । नेपाल चाहिँ रेडजोन नै भइसकेको थियो । भाइरसको रेडजोनमा आउनलाई एन्सस भएको थिएँ । त्यतिखेर नजाऊँ कि भन्ने सोच आएको थियो । जागिर छोड्ने त मैले सोचिसकेकी थिएँ । त्यो च्यालेन्ज मैले पार गरिसकेकी थिएँ ।

आउनुभन्दा ठ्याक्कै दुई तीनदिन अघि चाहिँ नजाऊँ कि भन्ने सोच आएको थियो । साथीहरूले महामारीलाई वास्ता नगरी आफ्नो उद्देश्य पूरा गर्न नेपाल आउनुपर्छ भन्ने हौसला र प्रेरणा दिएपछि म आएँ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १२ : ३८ बजे

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १

सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

काठमाडौं– धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेछु

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले