अभिनेत्री ओलम्पिया डुकाकसको निधन | Khabarhub Khabarhub

अभिनेत्री ओलम्पिया डुकाकसको निधन


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ओस्कार अवार्ड जितेकी अमेरिकी अभिनेत्री ओलम्पिया डुकाकसको ८९ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९८७ को रोमान्टिक कमेडी चलचित्र मूनस्टकका लागि ओस्कार अवार्ड जितेकी ओलम्पियाको न्युयोर्क सिटीमा निधन भएको हो ।

उनका भाइ अपोलो डुकाकसका अनुसार महिनौँदेखि ओलम्पिया स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन् । उनमा के स्वास्थ्य समस्या थियो भन्नेबारे खुलाइएको छैन ।

सन् १९३१ मा मासाचुसेट्सको लोवेलमा जन्मिएकी ओलम्पियाले पछिल्लोपटक नेट्फिलिक्सको टिभी सिरिज टेल्स अफ द सिटीमा ट्रान्सजेण्डर ल्याण्डलेडीको भूमिका निर्वाह गरेकी थिइन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ५० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६