लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्ध आज अविश्वासको प्रस्ताव टेवल हुँदै | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्ध आज अविश्वासको प्रस्ताव टेवल हुँदै


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमार्फत आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव अघि बढाइँदै छ । त्यसका लागि सभाको बैठक दिउँसो १ बजे डाकिएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा गत वैशाख ६ गते सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश हुने शनिबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

त्यसपछि मुख्यमन्त्री पोखरेलले सोमबार जवाफ दिएर अविश्वासको  प्रस्तावमा मतदान हुने कार्यसूची तय गरिएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस र नेकपा माओवादी केन्द्रले एमालेको असहमतिका बीच  कोरोना संक्रमणको महामारी भएकाले एकै दिनमा अविश्वासको प्रस्ताव टुंगो लगाउन सहमत भएका हुन् ।

गत वैशाख ६ मा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । हस्ताक्षर गरेकामध्ये जनता समाजवादी पार्टीका तीन सांसद मन्त्री बनेका छन् । तर चार जनालाई ह्विप उल्लंघन गरेको भन्दै जसपाले कारबाही गरेर सांसद पद गएको छ ।

यद्यपि जसपाकै महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधरले बाबुराम भट्टराई र उपेन्द्र यादब पक्षले गरेको कारबाहीको आधिकारिकतामाथि प्रश्न उठाएको छ ।  कारबाही गरिएका चार सांसद कानूनी लडाइँमा छन् ।

८७ सदस्य रहेको प्रदेशसभामा हाल ८१ सांसद छन् । अविश्वासको प्रस्ताव पारित हुन ४१ सांसद आवश्यक पर्दछ । सत्तारुढ नेकपा एमालेसँग ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाहीपछि जसपाका २ र राष्टिय जनमोर्चाका १ सांसद छन् ।

फ्लोर क्रस नभए मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउने छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ८ : २० बजे

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको