प्रधानमन्त्रीको राजीनामा माग्ने विषयमा कांग्रेस बैठकमा छलफल | Khabarhub Khabarhub

प्रधानमन्त्रीको राजीनामा माग्ने विषयमा कांग्रेस बैठकमा छलफल


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने विषयमाथि छलफल शुरु भएको छ ।

आज दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक बेलुका ८ बजे मात्रै शुरु भएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।

दिउँसोका लागि बोलाइएको बैठकको एजेण्डा महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने विषय मात्रै रहेको भए पनि सरकारको राजीनामा माग्ने विषय समेत एजेण्डाका रुपमा राख्नुपर्ने माग उठेपछि दिनभर नेताहरुकाबीचमा छलफल भएको थियो ।

दिनभरको छलफलपछि केन्द्रीय समिति बैठकमा नयाँ सरकार गठनका लागि कांग्रेसले पहल गर्ने वियष समेत एजेण्डाका रुपमा प्रस्तुत भएको छ ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरु सहभागी थिए । प्रधानमन्त्रीको राजीनामा माग्ने एजेण्डाका बारेमा सहमति जुटेपछि अबेर गरी बैठक शुरु भएको हो ।

केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्ने विषय रहेको एक केन्द्रीय सदस्यले बताए । केन्द्रीय समितिको बैठक अहिले पार्टी कार्यालय सानेपामा जारी छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ८ : १२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०