अध्यक्ष तिमिल्सिना र यूएनएचसीआर नेपाल प्रतिनिधि वर्माबीच भेट | Khabarhub Khabarhub

अध्यक्ष तिमिल्सिना र यूएनएचसीआर नेपाल प्रतिनिधि वर्माबीच भेट


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित कार्यकक्षमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यूएनएचसीआरले विश्वभरका शरणार्थी र राज्यविहीन व्यक्तिको हकका लागि गरिरहेको कामप्रति आभार व्यक्त गरे ।

यस संस्थाले स्थापना कालदेखि विश्वभर छरिएर रहेका करीब पाँच करोड शरणार्थीलाई सहयोग गरेको जानकारी पाउँदा खुशी लागेको उनले बताए । नेपालमा रहेका एक लाख १३ हजार ५०० भुटानी शरणार्थीको अन्य आठ देशका पुनर्वास गरिएको छ,’ अध्यक्ष तिमिल्सिनाले भने, “यसका लागि यूएनएचसीआरको भूमिकाप्रति धन्यवाद दिन चाहन्छु ।”

अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ र अन्य स्वास्थ्य समस्यामा परेका शरणार्थीको सेवामा समेत उच्चआयुक्तको कार्यालयले गरेको कामको प्रशंसा गरे ।

भेटमा उच्चायुक्त कार्यालयका नेपाल प्रतिनिधि स्पानुथ वर्माले शरणार्थी व्यवस्थापनमा नेपाल सरकारले खेलेको सकारात्मक भूमिकाप्रति आभार व्यक्त गरिन् । सरकारले शरणार्थीलाई पनि नेपाली सरह शिक्षा, स्वास्थ्यलगायतका सेवा दिएकोमा संस्थाको तर्फबाट उनले धन्यवाद ज्ञापन गरिन् ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ८ : ०१ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को