तीन वर्षभित्र यांग्री र लार्केको पानी काठमाडौँ ल्याउने प्रधानमन्त्रीको घोषणा | Khabarhub Khabarhub

तीन वर्षभित्र यांग्री र लार्केको पानी काठमाडौँ ल्याउने प्रधानमन्त्रीको घोषणा


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र यांग्री र लार्के खोलाको पानी काठमाडौँ ल्याउने घोषणा गरेका छन्।

मेलम्चीको पानी वितरणको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यांग्री र लार्केको पानी मेलम्चीकै टनेलमार्फत तीन वर्षमा काठमाडौँ ल्याउने घोषणा गरेका हुन् ।

‘मेलम्ची आयोजनाको यो सफलता कुर्न हामीलाई लामो समय लागेको थियो । तीन दशकपछि खानेपानी आइपुगेको छ’, उनले भने, ‘अब हामीले लामो समय प्रतिक्षा नगरी यांग्री र लार्केको पानी पनि तीन वर्षपछि काठमाडौं ल्याइसक्ने छौँ ।’

उनले अब काम हुँदैन कि भनेर अविश्वास गर्नुपर्ने अवस्था नरहेको बताए । कोभिडले विश्व थला परिरहेका बेला हामीले विकासलाई लगातार अघि बढाएर सफलता पाएको बताए ।

उनले विभाग र मन्त्रालयलाई पनि त्यसैगरी काम अघि बढाउन निर्देशन दिए । उनले यांग्री र लार्केको पानी ल्याउने आयोजनाका नाम भने ‘मेलम्ची’ नराख्ने बताए। मानिसहरुमा मेलम्ची भन्ने बित्तिकै काम नै नहुने हो कि भन्ने परेको भन्दै उनले अर्कै नाम राखेर योजना बनाउने बताए।

मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइने भए पनि परीक्षणका क्रममा रहेकाले आजदेखि साढे आठ करोड लिटर पानी वितरण गरिएको छ ।

केही दिनमा १७ करोड लिटर नै पानी वितरण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । दोस्रो चरणमा यांग्री र लार्केको १७ करोड लिटर पानीसमेत राजधानी ल्याइने छ । दोस्रो चरणको कामसमेत शुरु भइसकेको आयोजनाले जनाएको छ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी हुन् ।

 

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : २१ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको