न्यायमा कानून होइन 'सेटिङमा चल्ने' विचित्रको अवस्था आयो : प्रचण्ड (भिडियोसहित) | Khabarhub Khabarhub

न्यायमा कानून होइन ‘सेटिङमा चल्ने’ विचित्रको अवस्था आयो : प्रचण्ड (भिडियोसहित)


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी बाटोमा हिँडिरहेको आरोप लगाएका छन् ।

प्रो.माणिकलाल श्रेष्ठको श्रध्दाञ्जली कार्यक्रममा शुक्रबार बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको बाटो फाँसीवादी भएको बताएका हुन् ।

उनले मुल्य मान्यताले बनाएका नियमहरुलाई उल्लंघन गर्दै समाजलाई निरङ्कुशतातर्फ प्रधानमन्त्री ओलीले धकेल्न खोजेको बताए । उनले फाँसीवादी बाटोको उदाहरण संसद विघटन भएको तर्क गरे ।

हेरौँ भिडियो

संवैधानिक निकाय र सबैतिर सेटिङले मात्रै चल्ने वातावरण बनाउनु राम्रो संकेत नभएको उल्लेख गर्दै गलत प्रवित्तिको अन्त गर्न एकजुट भएर आन्दोलनमा जानसक्नुपर्ने तर्क गरे ।

अध्यक्ष प्रचण्ड अहिले भइरहेका क्रियाकलापको विरोध गर्न नसके माणिक लालश्रेष्ठप्रति सच्चा श्रद्धाञ्जली हुन नसक्ने बताए ।

लामो समय निरंकुशताले मधेसी, महिला, आदिवासीलाई गरेको विभेद हटाउन आफूहरुले लामो युद्ध लडेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले विभिन्‍न आन्दोलनले स्थापित मुद्दाहरु र शहीदको रगतलाई खेर जान नदिने जिकिर गरे ।

उनले विकासको नाममा जनतामाथि दमन गर्न नपाईने बताए । वाम बुद्धिजीवी तथा नेपालभाषाका समालोचक प्रा. माणिकलाल श्रेष्ठको मेडिसिटी अस्पतालमा गत मंगलबार ८९ वर्षको उमेरमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ४ : १३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न