काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको पानी आज ऐतिहासिक बालाजुस्थित बाइसधारामा खसालिएको छ ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बाइसधारास्थित खानेपानी केन्द्रमा पुगेको मेलम्चीको पानी खोलेर बाइसधारामा खसालेका हुन् ।
योसँगै बालाजु–सोह्रखुट्टे– नयाँबजार लगायतका क्षेत्रमा पनि मेलम्चीको पानी वितरण शुरू भएको छ ।
शुभारम्भ कार्यक्रममा मन्त्री मानन्धरले सरकारले ऐतिहासिक काम गरेको बताउँदै जनताको समृद्धिको सपना वर्तमान सरकारले पूरा गरेरै छाड्ने बताए । मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकारले जनपक्षीय कामलाई तिब्रता दिएको बताए ।
खानेपानी मन्त्री मणिचन्द्र थापासहितको टिमलाई विशेष धन्यवाद दिंदै मन्त्री मानन्धरले अब राजधानी उपत्यकालाई सफा र सुन्दर बनाउने बताए ।
कार्यक्रममा बालाजुका स्थानीयबासीले खुशीयाली मनाएका थिए । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया