साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छ : नेता महतो | Khabarhub Khabarhub

साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छ : नेता महतो


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताएका छन् ।

जसपाले आज धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतोले वर्तमान परिस्थितिमा देशलाई निकास दिनका लागि सबै मिल्नुको विकल्प नरहेको बताए ।

‘यो गोलचक्करबाट नेपाललाई मुक्ति चाहिन्छ’, उनले भने, ‘जबसम्म गोलचक्करबाट नेपाललाई मुक्ति मिल्दैन तबसम्म नेपालको कहिल्यै समृद्धि हुन सक्दैन र कहिले पनि नेपाली जनता अधिकार र पहिचान पाउन सक्दैनन् ।’

वरिष्ठ नेता महतोले संविधान र शासन पटक पटक परिवर्तन हुने तर विचार र व्यवहार चाहिँ परिवर्तन नहुनुले नै देशमा समस्या निम्तिएको बताउँदै कुर्सी र स्वार्थका लागि मुलुकमा पटक पटक राष्ट्रघात काम भएको आरोप लगाए ।

उनले जनता समाजवादी पार्टी नै यो देशको वैकल्पिक राजनीतिक शक्ति बन्ने र त्यसले देशको विधमान समस्यालाई समाधान गर्ने बताए ।

मुलुकको परराष्ट्र नीति कस्तो हुनुपर्दछ भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले परराष्ट्र नीति कुनै पार्टी वा व्यक्तिको नभई देशको हितमा हुनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ३ : ४० बजे

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो