सरकारसँग वार्ता गर्न 'प्रकाण्ड'को नेतृत्वमा २ सदस्यीय टोली गठन | Khabarhub Khabarhub

सरकारसँग वार्ता गर्न ‘प्रकाण्ड’को नेतृत्वमा २ सदस्यीय टोली गठन


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारसँग वार्ता गर्न विप्लव पक्षले पनि वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्त्वमा वार्ता टोली गठन गरे लगत्तै विप्लव समूहले पनि पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

टोलीको अर्को सदस्य केन्द्रीय सदस्य उदय चलाउने दीपक छन् । औपचारिक रुपमा सार्वजनिक नगरेपनि प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरिएको विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विप्लव पक्षसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले पनि दुई सदस्य टोली वार्ताका लागि पठाउने भएको हो ।

मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए ।

केपी ओली नेतृत्वको सरकारले आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ३ : ०४ बजे

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१