‘महाभारत’बाट पछि हटे आमिर खान | Khabarhub Khabarhub

‘महाभारत’बाट पछि हटे आमिर खान


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता आमिर खानले ‘महाभारत’मा आधारित रहेर ठूलो बजेटको फिल्म बनाउने चर्चा झन्डै ६ वर्षदेखि चलिरहेको छ । गत वर्ष यो फिल्म ठूलो पर्दाका लागि नभई ओटीटी प्लेटफर्मका लागि बनाइन लागिएको खबर आएको थियो ।

तर अहिले भने आमिरले यो फिल्म बनाउने सोच तत्कालका लागि त्यागेका छन् । यसको पछाडि विभिन्न कारण मानिएको छ । आमिरले महाकाव्यमा आधारित फिल्म बनाउनका लागि अहिले उपयुक्त समय नभएको जनाएका छन् ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार आमिरले सबै अवस्थाको अध्ययन गर्दै यो निर्णय लिएका हुन् । ‘महाभारतलाई ५ वर्षको समय दिनुको अर्थ आमिरले तीन फिचर फिल्म गुमाउनु हो । त्यहीकारण ‘महाभारत’बाट उनी पछि हटेका छन्’, समाचारमा भनिएको छ ।

आमिरको यो प्रोजेक्टबारे विभिन्न विवाद आएको छ । कट्टरपन्थी संगठनहरुको विरोधका बाबजुद पनि आमिरले फिल्म बनाउनु आफैंमा चुनौतिपूर्ण हुने चर्चा बलिउडमा छ ।

आमिर हाल आफ्नो फिल्म ‘लाल सिंह चड्डा’लाई पुरा गर्नमै व्यस्त छन् । अद्वैत चन्दनको निर्देशनमा बनिरहेको फिल्ममा करीना कपूर प्रमुख भूमिकामा छिन् ।

फिल्म ‘लाल सिंह चड्डा’ सन् १९९४ मा रिलिज सुपरहिट हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  २ : ५९ बजे

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : आज सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।