प्रधानमन्त्री ओली किन धाइरहेका छन् गृहजिल्ला ? | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली किन धाइरहेका छन् गृहजिल्ला ?


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– सर्वोच्च अदालतबाट संसद पुनस्र्थापनाको फैसला गरे पछि पहिलो पटक फागुन १६ गते प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आए ।

गृहजिल्ला मध्येमा पनि उनको गृह क्षेत्र झापा क्षेत्र नं. ५, अझ त्यसमा पनि गृहनगर दमकमा दिनभर केन्द्रित रहे ।

आफ्नै निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकामा पर्ने कमल खोलाको पुल उद्घाटन पछि सोहि गाउँपालिकाको वडा नं. ७ मा पुगेर चीन नेपाल मैत्री औद्योगीक पार्क शिलान्यास गरेका उनी त्यस पछि दिनभर गृहनगर दमकमै केन्द्रित रहे ।

उनले विभिन्न पुलको उद्घाटनसँगै मदन भण्डारी चुरे राजमार्गमा पर्ने ३१ ओटा पुलको दमकबाटै संयुक्त शिलान्यास घोषणा गरे । दमकका कार्यक्रम सक्दा साँझ परिसकेको थियो । तर पनि उनी सोहि दिन ढिला गरी काठमाडौँ फर्किए ।

त्यसको एक दिनपछि पुनः ओली आफ्नै गृह जिल्ला झापा आएका छन् । १६ गते झापा भ्याएर १७ गते पोखरा पुगेका उनी लगत्तै फागुन १८ गते आफ्नै जिल्लामा केन्द्रित भए ।

विर्तामोडमा निर्मित एकीकृत बस्ति विपन्नलाई हस्तान्तरण गरी उनी विर्तामोडमा व्यवसायी दूर्गा प्रसाई नेतृत्वको वीएण्डसी अस्पतालले निर्माण गरेको क्यासर अस्पतालको उद्घाटनका लागि पुग्ने र साँझ मोरङ उर्लाबारीमा अर्को एकीकृत बस्ति शिलान्यास गरेर उनी काठमाडौँ फर्किने कार्यतालिका छन् ।

यतिमै रोकिएका छैनन्, उनी । फेरि फागुन २१ गते ओली गृहजिल्ला झापानै आउँदैछन् । फागुन २१, झापा विद्रोहका क्रममा २०२९ सालमा ५ जना वामपन्थी अगुवाहरुले सहादत प्राप्त गरेको दिन हो ।

यस दिनलाई तत्कालिन नेकपा माले तथा पछिको एमालेले सुखानी शहीद दिवश मनाउने गरेको छ । यहि शिलशिलामा उनी झापा आउन लागेका हुन् ।

२०२९ फागुन २१ गते झापा विद्रोहका अगुवाहरु रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई झापा कारागारबाट इलाम सार्ने बहानामा झापा र इलामको संगम सुखानीमा पुर्‍याएर गोली हानिएको थियो ।

सोहि दिनको सम्झनामा हरेक वर्ष फागुन २१ लाई महत्वका साथ मनाउने गरिएको छ । अघिल्ला वर्षहरु जस्तै यस वर्ष पनि सोहि सन्दर्भ पारेर ओली झापा आउन लागेको नेकपा केन्द्रीय सदस्यसमेत रहेका उनका सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए ।

फागुन २१ को के छ तालिका ?

ओली फागुन २१ गते मध्यान्ह झापा आईपुग्ने कार्यतालिका छन् । भद्रपुर विमानस्थलमा अवतरण भई उनले विर्तामोडमा हुने शहीद दिवशको कार्यक्रमलाई सम्बोधन गर्ने जनाईएको छ । शहीद दिवशसँगै कार्यकर्ता भेलाको रुपमा सो दिन कार्यक्रम हुँदैछ ।

सुखानी सहादत स्थल हाल दक्षिणी इलामको माईनगरपालिका ४ मा पर्छ । अनि, सहादत स्थल भन्दा केहि दक्षिण अर्जुनधारा नगरपालिकामा पर्ने सालबारीमा शहीद स्मृति पार्क बनाईएको छ । त्यहाँ सुखानीमा सहादत प्राप्त शहीदहरुको पूर्णकदको शालिक पनि बनाईएको छ ।

यस पटक पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सहादत स्थल सम्म नपुग्ने जिल्ला पार्टी नेतृत्वले जनाएको छ । हाल सम्मको कार्यतालिका अनुसार ओली सालबारी स्थित पार्कमा जाने र शहीदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको नेकपा झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिएका छन् ।

किन यति धमाधम ?

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको झापा आगमन बाक्लो र धमाधमपूर्ण देखिएको छ । तर यो क्रमलाई पार्टीले नियमित र स्वभाविक भनेको छ । बदलिएको राजनीतिक अवस्थाका कारण ओलीको झापा आगमन बाक्लिएको हो ? भन्ने प्रश्नमा जिल्ला पार्टी अध्यक्ष पाठकले भने–‘यसमा कुनै आश्चर्य छैन । देशको प्रधानमन्त्री, पार्टी अध्यक्ष विभिन्न कामका शिलशिलामा आउ जाउ त भईहाल्छ नि । फेरि झापा गृहजिल्ला पनि भएकाले प्रधानमन्त्रीको उस्थिति भई रहोस भन्ने हामी सवैको चाहना पनि हुन्छ । त्यसैले फेरिएको राजनीतिक कारण नभई यि कार्यक्रमहरु स्वभाविक रुपमा तय भएका हुन् ।’

ईण्डष्ट्रियल पार्कको शिलान्यास लगानीकर्ताहरुसँग पनि छलफलको विषय भएकाले सोहि अनुसार तय भएको र अस्पताल उद्घाटन पनि अस्पतालसँग छलफल भई निर्धारण भएकाले फागुन २१ गतेको चाँहि पार्टी कार्यक्रम रहेको उनले जानकारी दिए । प्रधानमन्त्री ओलीको झापा आईलाई फेरिएको राजनीतिक अवस्थासँग जोडेर हेर्न उपयुक्त नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ११ : ४७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगोलागीका कारण करिब डेढ महिनामा एक सय

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन