कतारमा कोरोना संक्रमण बढ्यो, प्रतिबन्ध उल्लंघन गर्ने दुई व्यवसाय बन्द | Khabarhub Khabarhub

कतारमा कोरोना संक्रमण बढ्यो, प्रतिबन्ध उल्लंघन गर्ने दुई व्यवसाय बन्द



दोहा- कतारमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ ।

पछिल्लो तीन दिनको तथ्यांकले कतारमा संक्रमणको ग्राफ उकालो लागेको देखाउँछ । शनिबार ४६० जनालाई संक्रमण पुष्टी भएकोमा आइतबार ४६७  तथा सोमबार ४७३ जनामा संक्रमण पुष्टि भएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४० जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यही अवधिमा १ जनाको मृत्यु भएको छ । यो समाचार तयार पर्दासम्म कतारमा कोरोना संक्रमितको सङ्ख्या १ लाख ६४ हजार १३७ पुगेको छ ।

उपचार पछि निको हुनेको संख्या १ लाख ५४ हजार ६१ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने कतारस्थित नेपाली दूतावाससंग पनि तथ्याङक छैन । कोरोनाकै कारण अहिलेसम्म १८ जना नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ ।

नयाँ कोभिड -१९ ड्राइभ-मार्फत खोप केन्द्र स्थापना

कोभिड -१९ महामारीविरूद्ध लड्ने प्रयासहरूको एक भागको रूपमा कतारको लुसेलमा नयाँ कोभिड -१९ ड्राइभ-थ्रु भ्याकेसन सेन्टर स्थापना गरिएको छ । नयाँ केन्द्रमा आगन्तुकहरूका लागि खोप लगाउन दर्ता र मूल्यांकन तथा अवलोकन समावेश गरिएको छ ।

ड्राइभ-मार्फत पीसीआर परीक्षण धेरै लोकप्रिय हुने र उच्च भ्रमण भोल्युमको साथ सफल हुन बताइएको छ । कोभिड -१९ ड्राइभ-थ्रु भ्याकेसन सेन्टरको सोमबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ ।

सोमबार नै कतारका प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल-थानीले लुसेलमा स्थापना गरिएको कोभिड -१९ ड्राइभ-मार्फत खोप केन्द्रको निरीक्षण गरेका छन् ।

उनले केन्द्रको कामकाज र खोपको दोस्रो डोज लिनका लागि आवश्यकता पूरा गर्नेहरूका लागि ड्राइभ-थ्रु खोप संयन्त्रको बारेमा जानकारी लिएका थिए ।

२ व्यवसाय बन्द

कतारको वाणिज्य तथा उद्योग मन्त्रालयले कोरोना भाइरस  सावधानीका उपायहरू कार्यान्वयन नगर्ने दुई वटा व्यावसायिक मार्केट अस्थायी रूपमा बन्द गरेको छ ।

मन्त्रालयका अनुसार अल लुक्टामा चिनियाँ स्वास्थ्य केन्द्र र मेशेरेबमा मन्डारिन केक शप अस्थायी रूपमा बन्द गरिएको जनाएको छ ।

मन्त्रालयले आफ्नो आधिकारिक ट्वीटमा भनेको छ- स्टोरहरूले कोरोना भाइरसको सामना गर्न सावधानीका उपायहरू र रोकथामकारी उपायहरू सम्बन्धी परिपत्रको पालना नगरेकोले बन्द गरिएको छ ।

कतारमा घर वा क्याम्पबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने, मोबाइलमा एह्तराज एप्लिकेशन हुनुपर्ने, क्याम्पभित्र ५ र खुल्लास्थानभित्र १५ जनाभन्दा बढी भेला हुन नहुने, सार्वजनिक स्थल वा समुद्री किनारमा १५ जना भन्दा बढी भेला हुन नपाइने नियम छ । उक्त नियम उल्लंघन गरेको पाइएमा दुई लाख रियाल जरिवाना वा तीन वर्षसम्म कैद सजाय गरिने कतार सरकारले चेतावनी दिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ८ : १५ बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।