बुधबार डाकिएको संवैधानिक परिषदको बैठक स्थगित | Khabarhub Khabarhub

बुधबार डाकिएको संवैधानिक परिषदको बैठक स्थगित


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुधबार बेलुकालाई डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभा विघटन भएसँगै संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिस गरिएका पदाधिकारीले सुनुवाइ बिनै कार्यभार सम्हाल्न लागेका बेला परिषदको बैठक डाकिएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार डाकेको बैठकमा नियुक्ति सिफारिस गरिएका व्यक्तिलाई राष्ट्रपतिबाट सिधै नियुक्ति गर्नअघि कानुनी प्रकिया लगायतका विषयमा छलफल गर्न लागेका थिए । तर बुधबारको बैठक स्थगित भएको सूचना सदस्यहरूलाई पठाइएको छ । बैठक किन स्थगित गरियो भन्नेबारे केही खुलाइएको छैन ।

गत मंसिर ३० प्रधानमन्त्री ओलीले कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने परिषद सम्बन्धि अध्यादेश ल्याउँदै विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १२ : ३१ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु