अमेरिकाको नेपाल नीति फेरिँदैन : राजदूत बेरी | Khabarhub Khabarhub

अमेरिकाको नेपाल नीति फेरिँदैन : राजदूत बेरी


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले सार्वभौम, समानुपातिक र प्रजातान्त्रिक नेपालबाट मात्रै अमेरिकाको राष्ट्रिय स्वार्थ प्रवर्द्धन हुन सक्ने बताएका छन् ।

बहुपक्षीय संस्थाहरुमा आफ्नो राष्ट्रिय स्वार्थको प्रवद्र्धन गर्न सक्ने आत्मनिर्भर नेपालबाट मात्रै अमेरिकी राष्ट्रिय स्वार्थ अघि बढ्न सक्ने राजदूत बेरीले बताए ।

राजदूत बेरीले नेपालका केही पत्रकारहरुसँग आफ्नो निवासमा छलफल गर्दै उक्त कुरा बताएका हुन् । उनले अमेरिकामा नयाँ प्रशासन आए पनि अमेरिकाको नेपाल नीति परिर्वतन नहुने बताए ।

‘नेपालमा हाम्रो मुख्य संलग्नता विकासका एजेन्डामा हो’, बेरीले भने, ‘नेपाल अमेरिकाको सम्बन्धको मुख्य कडी नै विकासको मुद्दा हो ।’

यस्तै, उनले सहकार्यका अन्य क्षेत्रहरुले पनि निरन्तरता पाउने बताएका छन् । ‘सार्वभौम, सहभागितामूलक, प्रजातान्त्रिक र कानूनी राज्यको पालना गर्ने नेपालले मात्रै अमेरिकाको स्वार्थ प्रवद्र्धन गर्छ भन्ने हाम्रो विश्वास छ,’ छलफलका क्रममा राजदूत बेरीले भने ।

आर्थिक रूपमा समृद्ध र एकृकीत देशले मात्रै अमेरिकाको सुरक्षा स्वार्थलाई सम्बर्द्धन गर्न सक्ने राजदूत बेरीको भनाइ छ ।

गत नोभेम्बरमा भएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनपछि अमेरिकामा हाल जो बाइडेन राष्ट्रपतिका रूपमा कार्यरत छन् । राजदूत बेरीले अमेरिकाको प्रशासनमा फेरबदल भएपछि नयाँ प्रशासनको नीति अवगत गराएका हुन् ।

भेटमा सहभागी पत्रकारहरुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा चासो राखेका थिए । पछिल्लो राजनीतिक भेटघाटमा अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा कुनै छलफल भए नभएको बारे पत्रकारहरूले जिज्ञासा राखेका थिए ।

पत्रकारहरुको जिज्ञासामा जवाफ दिँदै राजदूत बेरीले, ‘हामी नेपालको विकासका धेरै क्षेत्रमा सहभागी छौँ । विकासका कार्य थप अघि बढाउन नै हामीले नेपाललाई एमसीसी परियोनाको प्रस्ताव गरेका हौँ ।’ अमेरिकाका लागि एमसीसी राजनीतिक विषयभन्दा पनि विकाससँग जोडिएको मुद्दा भएको राजदूत बेरीको भनाइ थियो ।

अमेरिकामा भएको राजनीतिक परिवर्तनले एमसीसी परियोजनामा कुनै असर नपुग्ने बेरीले  बताए । उनले  नेपालको हकमा एमसीसीले संसदीय अनुमोदन पर्खिएको पनि बताए ।

यस्तै, अर्को एक प्रसंगमा राजदूत बेरीले नेपालमा आयोजना हुने सगरमाथ संवादका लागि अमेरिकाले केही विज्ञहरुको सहभागिता हुने बताए ।

गत वर्ष नेपालको परराष्ट्र मन्त्रालयको तत्वावधानमा आयोजना हुने तयारी भएको सगरमाथ संवाद कोरोना भाइरसका कारण स्थिगित भएको थियो । बेरीले नेपाल र अमेरिकाको सम्बन्ध नेपाल—भारत अथवा नेपाल—चीन सम्बन्धसँग अलग रहेको पनि बताएका छन् ।

के अमेरिकाले नेपाललाई भारतीय नजरबाट हेर्छ भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा राजदूत बेरीले उक्त कुरा बताएका हुन् ।

नेपाली राजनीतिको पछिल्लो अवस्थाका विषयमा पत्रकारहरुको जिज्ञासामा उनले नेकपाको विवादका विषयमा अमेरिकाले पक्ष नलिने बताए । नेकपाको विवादलाई आन्तरिक मामिला भन्दै आन्तरिक विषयमा अमेरिकाको कुनै धारणा नभएको स्पष्ट पारे ।

 

 

 

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १२ : १५ बजे

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ– स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको

मस्कको सुझाव- रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !

काठमाडौंं– स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

संखुवासभा– आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा सभापोखरी गाउँपालिका-३