म्यानमारको सैन्य 'कु' मा नेपालको आपत्ति, सुकीसहितका नेतालाई रिहा गर्न आग्रह | Khabarhub Khabarhub

म्यानमारको सैन्य ‘कु’ मा नेपालको आपत्ति, सुकीसहितका नेतालाई रिहा गर्न आग्रह


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले म्यानमारमा भएको सैन्य ‘कु’ मा आपत्ति जनाएको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति यु विन मिन्ट, नेतृ आङसाङ सुकीलगायतलाई तत्काल रिहा गर्न पनि आग्रह गरेको छ ।

मन्त्रालयले म्यानमारमा हालसालै भएका घटनाक्रमहरूलाई नेपालले राम्ररी नियालीरहेको बताएको छ ।

‘हामी विश्वास गर्दछौँ कि यसमा संलग्न सबै पक्षहरूले म्यानमारका जनताको इच्छाको सम्मान गर्नेछन् र आशा गर्दछन् कि प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै पुनःस्थापित हुनेछ’, मन्त्रालयले भनेको छ ।

गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै त्यहाँको सेनाले सत्ता आफ्नो हातमा लिँदै एक  वर्षको संकटकाल लगाएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ८ : ५० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६