एक्जिट रिइन्ट्री लिएकाहरू समयमै नफर्किए ३ वर्षसम्म साउदी जान नपाउने | Khabarhub Khabarhub

एक्जिट रिइन्ट्री लिएकाहरू समयमै नफर्किए ३ वर्षसम्म साउदी जान नपाउने


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरबले एक्जिट रि इन्ट्रिको भिसा लिएर छुट्टीमा स्वदेश फर्किएकाहरूले समयमा नफर्किए तीन वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

रि इन्ट्रिको म्याद रहुञ्जेल नफर्किने आप्रबासी श्रमिकहरूलाई अब ३ वर्षसम्म साउदी प्रवेशमा प्रतिबन्ध लगाउने भएको हो ।

साउदी अरबको पासपोर्ट महानिर्देशनालय (जवाजात)ले  एक्जिट लिएर रिईन्ट्री भिषामा मुलुक छोडेका विदेशी नागरिक भिषाको म्याद रहँदै नफर्केमा ३ बर्षसम्म मुलुक प्रवेशमा प्रतिबन्ध लगाउने व्यवस्था गरिएको साउदी ग्याजेटले जनाएको छ ।

नयाँ भिसामा आउनेहरुलाई भने यो नियम लागु नहुने जनाइएको छ । पछिल्लो समय साउदीले आफ्नै नागरिकका लागि रोजगारी सुरक्षित गर्ने नीति लिएको छ ।

साउदीले कोरोना संक्रमणलाई मध्यनजर गर्दै यात्रा प्रतिवन्धको समयावधि आगामी मे १७ तारिखसम्मको लागि थपेको जनाएको छ ।

कोरोना महामारी कायमै रहेको भन्दै यात्रा प्रतिवन्धको निर्णय थपिएको साउदीको आन्तरिक मन्त्रालयले जनाएको छ ।

यसघि साउदीले कोरोनाका कारण लगाएको सबैखाले प्रतिबन्धहरु आगामी मार्च ३१ तारिखदेखि पूर्ण रुपमा हटाउने र सबै अन्तर्राष्ट्रिय उडानहरू सुरु गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ९ : ०५ बजे

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार