भारतको रक्षा बजेट १५ वर्षपछिको सवैभन्दा धेरै | Khabarhub Khabarhub

भारतको रक्षा बजेट १५ वर्षपछिको सवैभन्दा धेरै


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा वर्ष २०२१—२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ ।

रक्षा शीर्षकमा बजेट अत्याधिक धेरै छुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिएका छन् ।

अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेकी छन् । रक्षाका लागि अहिले छुट्याइएको रकम १५ वर्षपछिकै सवैभन्दा धेरै भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अधिकारीहरुका अनुसार अघिल्लो वर्ष रक्षाका लागि ४.७१ करोड भारतीय रुपैयाँ छुट्याइएको थियो ।

अर्थमन्त्री सितारमणले सोमबार भारतको केन्द्रीय सरकारको वार्षिक बजेट घोषणा गरेका थिए । भारतको यस वर्षको बजेट ४.७८ करोडको रहेको छ ।

‘अघिल्लो बर्षको तुलनामा यस बर्ष रक्षाका लागि १९ प्रतिशत बजेट बृद्धि भएको छ, यो रकम १५ वर्षपछिकै सवैभन्दा धेरै हो,’ रक्षामन्त्री सिंहले भने ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ६ : ४२ बजे

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्