राजनीतिक अस्थिरता अर्थतन्त्रका लागि घातक : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ | Khabarhub Khabarhub

राजनीतिक अस्थिरता अर्थतन्त्रका लागि घातक : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक स्थिरता कायम नभएसम्म अर्थतन्त्रले गति नलिने बताएका छन् ।

बागलुङ उद्योग वाणिज्य सङ्घको ५७औँ साधारणसभामा आज उनले राजनीतिक अस्थिरता अर्थतन्त्रका लागि घातक हुने बताए ।

“राजनीतिक अस्थिरताले आर्थिक गतिविधि मर्माहत बन्न पुग्छ, अर्थतन्त्र ओरालो लाग्छ”, श्रेष्ठले भने ।

उनले राजनीतिको व्यापारीकरण र व्यापारको राजनीतीकरण मुलुकका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले अर्थतन्त्रमा कृषि, उद्योगलगायत क्षेत्रको योगदान घट्दै गएकामा चिन्ता प्रकट गरे । हरेक देशको विकास र समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले भने, “लगानीका क्षेत्रमा ६० प्रतिशत निजी क्षेत्रको योगदान छ, यस्तै राजश्वमा ८० प्रतिशत निजी क्षेत्रले ओगट्छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ कारण समस्यामा परेका उद्योगी, व्यवसायीलाई राहत दिने सरकारी योजना कार्यान्वयनमा आउन नसकेकामा दुःखेसो पोखे ।

राष्ट्रिय पूँजी निर्माणका लागि लगानीमा जोड दिँदै उनले छिट्टै बागलुङमा नयाँ परियोजनामार्फत लगानी भित्र्याइने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  १० : २६ बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक