पर्यटकीय विकासले गति लिँदै बन्दीपुर | Khabarhub Khabarhub

पर्यटकीय विकासले गति लिँदै बन्दीपुर

साइकल लेनदेखि ग्रेटवालसम्म निर्माण



तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दिपुर गाउँलाई मात्र होइन, बन्दीपुर गाउँपालिकालाई नै पर्यटकको आकर्षण बनाउने तरखरमा छ ।

पर्यटकीय महत्व बोकेको सुन्दर गाउँपालिका बन्दीपुरमा तीन किलोमिटर लामो साइकल लेन बनाउनेदेखि विश्वकै चर्चित ग्रेटवाल जस्तै चार किलोमिटर बन्दीपुर ग्रेटवाल निर्माण कार्य अघि बढाएको छ ।

गतवर्ष सुरु गरिएको मुकुन्देश्वरी रामकोट साइकल लेन निर्माणको काम पनि यतिबेला धमाधम चलिरहेको छ । उक्त साइकल लेन निर्माण कार्य बजेट अभावमा अधुरो रहेको थियो ।

सोही साइकल लेन निर्माणका लागि ट्रयाक खन्ने कामबाट चालु आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम पनि सुरु गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

लेनको विभन्न स्थानहरुमा साईकल पार्क, पोखरी तथा विश्रामस्थल समेत निर्माण गरिने जनाइएको छ ।

एक महिनाअघि गाउँपालिका अध्यक्ष थापाले सोही बाटो निर्माण पुनः सुरु गरी चालु आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको आरम्भ गरेका थिए । यस साईकल लेनबाट १५ जना अति विपन्न श्रमिकहरुले ५ सय ८५ दिन रोजगार प्राप्त गर्ने गाउँपालिका अध्यक्ष थापाले बताए ।

गत मंसिर १६ गतेदेखि सुरु गरिएको यो आयोजना माघसम्ममा सम्पन्न गर्ने योजना रहेको मुकुन्देश्वरी रामकोट साइकल लेन मर्मत तथा निर्माण रोजगार उपभोक्ता समितिका अध्यक्ष गिरीसरा मस्राङ्गी मगरले जानकारी दिए ।

गाउँपालिकाकाअनुसार, चालु आर्थिक वर्षमा वडा नं १ देखि ६ सम्म क्रमशः २९ जना, ५६ जना, ८० जना, १४ जना, ६१ जना र १२० जना लागि ३६० जना कर्मचारी सुचीकृत भएका छन् ।

सुचीकृत ३६० मध्ये प्राथमिकताक्रममा परेका अति विपन्न श्रमिकहरुलाई गाउँपालिकाले नियमित विकास निर्माण कार्यक्रम अन्तर्गतका आयोजनाहरुमा परिचालन गरी रोजगारी प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

बन्दीपुर गाउँपालिकामा चालु आर्थिक वर्षमा दातृ निकाय र नेपाल सरकारबाट ६८ लाख २५ हजार शसर्त अनुदान रकम बिनियोजन गरिएको छ । सो रकम ज्यालामा खर्च गरिने छ ।

प्रधानमनत्री रोजगार कार्यक्रम अन्तर्गत श्रमिकको सामूहिक दुर्घटना बीमा समेत गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारीमा खटिने कर्मचारीका लागि दुर्घटना बीमासमेत गरिदिएको छ ।

यही पुस १ गतेदेखि २०७८ असार मसान्तसम्म ७ महिनाको अवधि कायम रहने गरी रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचिकृत भएका मध्ये रोजगारीमा खटिने २ लाख श्रमिकको काममा खटाइएको एक सय दिनको अवधिको सामूहिक कार्यस्थल दुर्घटना बीमा गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, तनहुँको पर्यटकीय महत्व बोकेको सुन्दर गाउँपालिका बन्दीपुरमा चार किलोमिटर लामो बन्दीपुर ग्रेटवाल निर्माण गरिँदैछ ।

उक्त आधुनिक पदमार्ग बन्दीपुर बजारबाट सुरु भई थानीमाई, समिभञ्ज्याङ् हुँदै मुकुन्देश्वरी गढी जोडिने गाउँपालिकाले जनाएको छ ।

झण्डै ११ करोड लागतमा निर्माण गर्न लागि महत्वाकांक्षी योजनाको डीपीआर तयार भइ नसकेको बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

बन्दीपुर ग्रेटवालले चिनाउन खोजिएको ४ किलोमिटर लामो मणिमुकुन्देश्वरी पर्खाल निर्माणका लागि गाउँपालिकाबाट अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाबाट १० लाख तथा पर्यटन पूर्वाधार कार्यक्रमका लागि भन्दै केन्द्र सरकारले २५ लाख बजेट निकासा गरेको थियो ।

एक सय दुई वर्गकिलोमिटर क्षेत्रफलमा फैलाएको सानो तर विविधताले सजिएको सुन्दर गाउँ पर्यटकीय महत्व बोकेको बन्दीपुर गाउँपालिकाले पर्यटक आकर्षण गर्ने ग्रेटवाल, साइकल लेन थुप्रै महत्वाकांक्षी योजनाहरु अघि सारिएको छ भने केबलकार निर्माणको काम पनि भइरहेको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ११ : ४९ बजे

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

 काठमाडौं– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार