नाइजेरियाको डुङ्गा दुर्घटनामा अधिकांश बालबालिकासहित २९ जनाको मृत्यु | Khabarhub Khabarhub

नाइजेरियाको डुङ्गा दुर्घटनामा अधिकांश बालबालिकासहित २९ जनाको मृत्यु


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कानो– उत्तर पश्चिमी नाइजेरियामा दर्जनौं यात्रु, प्रायः बालबालिका बोकेको ओभरलोड गरिएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य करिब एक दर्जन हराइरहेको राष्ट्रिय उद्धारमा सम्लग्न राष्ट्रिय निकाय तथा सुरक्षाकर्मीले बुधबार जानकारी गराएका छन् ।

कानो राज्यमा मंगलबारको दुःखद घटना यस वर्ष नाइजेरियामा नदी परिवहन दुर्घटनाहरूको दुःखद् सबैभन्दा पछिल्लो घटना हो । उक्त दुर्घटनामा परेको डुङ्गामा अत्यधिक भार भएको र खराब मौसमका कारण नदीमा आएको बाढीका कारण डुङ्गाले सन्तुलन गुमाएको हुनसक्ने अधिकारीहरूको प्रारम्भिक अध्ययनले देखाएको छ ।

“हामीले अहिलेसम्म कूल २९ मृत शरीर पानीबाट बाहिर निकालेका छौँ र अझै बाँकी १३ जनाको अवस्था पत्ता लगाउन लागिपरेका छौँ,” कानो राज्यका अग्नि सेवाका प्रवक्ता सामीनु अब्दुल्लाहीले बुधबार एएफपीलाई बताए ।

गत राति २० जना र बुधबार बिहान नौ जनालाई मृत अवस्थामा नदीबाट निकालिएको थियो ।

उक्त दुर्घटनामा परी घाइते अवस्थामा रहेकासात जनालाई उद्धार गरि उपचारका लागि अस्पताल पठाइएको छ ।

अब्दुल्लाहीले भने, “१२ वयस्क व्यक्ति बोक्ने क्षमता रहेको डुङ्गामा क्षमताभन्दा बढी धेरै केटाकेटीहरूलाईराखिएको पुष्टि भएको छ ।”

कानो राज्यको बदाउ गाउँबाट आठ देखि १५ वर्षका अधिकांश मृतक बालबालिकाहरू धार्मिक समारोहमा सहभागी बन्न नदी पारी अर्को किनारामा रहेको सहर बाग्वईतिर जाँदै थिए । एएफपी

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : ४७ बजे

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको