बार पदाधिकारीसँग प्रचण्डले भने : सभामुख स्वेदश फर्केपछि निष्कर्षमा पुग्नेगरी कुरा गर्छु (भिडियो) | Khabarhub Khabarhub

बार पदाधिकारीसँग प्रचण्डले भने : सभामुख स्वेदश फर्केपछि निष्कर्षमा पुग्नेगरी कुरा गर्छु (भिडियो)


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।

बुधबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्डलाई भेटेर बारले ज्ञापन पत्र बुझाएको हो । सो क्रममा माओवादी अध्यक्ष प्रचण्डले यस बिषयमा राजनीतिक दलहरुबीच छलफल भइरहेको बताए ।

अहिलेको बिषय न्यायपालिकाको मात्र नभई राज्य प्रणालीसंग सम्बन्धीत बिषय भएको भन्दै उचित तवरले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । उनले सभामुख नेपाल फर्केलगतै यस बिषयमा निष्कर्षमा पुग्नेगरी छलफल गर्ने बताए ।

स्पेन भ्रमण सकेर सभामुख अग्नि सापकोटा स्वदेश फर्किँदैछन् ।

बारले यसअघि अन्य दलका नेताहरुलाई भेट्दै राणालाई महाभियोग लगाउन १७ बुँदे आरोपपत्र बुझाइसकेको छ ।
डेढ महिना यता बारले प्रधानन्यायाधी राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

राणाबाहेकको फुलकोर्ट बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेपछि सो निर्णय बुधबारदेखि कार्यान्वयनमा आएको छ । बुधबार सर्वोच्च अदालतमा पहिलो पटक गोलाप्रथाबाट पेशी तोकिएको छ । प्रधानन्यायाधीश राणा कोरोना संक्रमित भएर सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा उपचाररत छन् । तर उनले विदा भने लिएका छैनन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : ४६ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको