देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसके राजनीतिक दल सकिन्छन् : माधव नेपाल | Khabarhub Khabarhub

देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसके राजनीतिक दल सकिन्छन् : माधव नेपाल


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसक्ने राजनीतिक दलहरू सकिने बताएका छन् ।

भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिमा तीनवटा ब्राण्ड रहेको भन्दै बाह्य हस्तक्षेपलाई हटाएर देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसक्ने दलहरू सकिने बताएका हुन् ।

आफूहरु परिवर्तनकामी रहेको भन्दै उनले हरेक क्रान्ति आन्तरिक कारण रहने गरेको बताए ।

राज्यका विभिन्न अंगमा विदेशीले हात हाल्न खोजिरहेको भन्दै पूर्वप्रधानमन्त्री नेता नेपालले जनताको चाहना र भावनालाई कदर गर्दै राष्ट्रियताप्रति गम्भीर हुनुपर्नेमा जोड दिए ।

नेपाल हिन्दु र बौद्धधर्मको उद्गमथलो रहेको भन्दै उनले अहिलेसम्म नभएको जाति द्वन्द्व निम्त्याउन दिन नहुनेमा पनि जोड दिए ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  २ : ५९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न