मोटोपन बढेर चिन्तित हुनुहुन्छ भने यी खानेकुरा खानुहोस् | Khabarhub Khabarhub

मोटोपन बढेर चिन्तित हुनुहुन्छ भने यी खानेकुरा खानुहोस्


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोटोपन अहिले धेरै मानिसको चिन्ताको विषय हो । यस्तोमा शरीरको वजन घटाउन मानिस बजारमा पाइने औषधीदेखि तौल घटाउने उत्पादनसम्मको प्रयोग गर्न पछि पर्दैनन् । तर कतिपय यस्ता कुराले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्छ । यस्तोमा शरीरको अनावश्यक बोसो घटाई प्राकृतिक तरिकाले मोटोपन घटाउन निम्न उपाय लाभदायी हुन्छ ।

– ग्रिन टी

पछिल्लो केही वर्षमा ग्रिन टिको लोकप्रिय बढ्दै छ । ग्रिन रीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरीरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ ।

– केरा

धेरैले केराको सेवनले वजन बढ्ने मान्यता राख्छन् । तर केरामा भरपुर मात्रामा पोटासियमले फास्ट फुडको लतलाई कम गर्न मद्दत गर्दछ साथै तौल कम हुँदै जान्छ ।

– लसुन

लसुन एक प्राकृतिक एन्टीबायोटिक भएकाले यसले सुगरलाई नियन्त्रित गर्ने काम मात्र गर्दैन शरीरमा ती हर्मोनलाई सक्रिय पार्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन ।

– पुदीना

एक कप मनतातो पानीमा पुदीनाका केही पात हालेर (इच्छा अनुसार मह पनि हाल्न सकिन्छ) नियमित पिएमा यसले पेटको बोसो कम गर्न प्रभावकारी भूमिका खेल्दछ ।

– दालचीनी

तौल घटाउन नियमित दालचीनीको सेवन अत्यन्त फाइदाजनक हुन्छ । बिहानको नास्ता भन्दा पहिले र सुत्नुभन्दा पहिले एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाइ दैनिक दुई पटक पिउँदा केही दिनमा मोटोपन कम हुन्छ ।

– ओमेगा थ्रीयुक्त खाना

पालुङ्गो, चिज, ओखर, अण्डा लगायतमा ओमेगा थ्री तत्त्व पाइन्छ । यसले शरीरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्दछ ।

– स्याउ

स्याउ खाएर पनि बढेको बोसोलाई घटाउन सकिन्छ । स्याउमा हुने पोटासियमले धेरै बेरसम्म भोक लागेको महसुस हुँदैन । जसले तौल कम गर्न मद्दत गर्दछ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : ३७ बजे

लागूऔषध विरुद्धको युद्धमा अन्तर्राष्ट्रिय सहयोग खोज्दै अफगानिस्तान

काठमाडौं– अफगानिस्तानको कार्यवाहक सरकारले अफगानिस्तानको उत्पादन र लागूऔषधमा यसको प्रशोधनलाई

कतारका राजाको भ्रमण : नेपाली मजदुरका विषयमा मौन

काठमाडौं- कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानी

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं- नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

थोत्रे भ्यानमा वेस्ट इन्डिजका खेलाडीको लगेज, क्यानको आलोचना

नेपाली टोलीसँग खेल्नका लागि वेस्ट इन्डिज ‘ए’ टिमका खेलाडीहरू बुधबार

नेपाल चेम्बरको २४ वटा समितिको नेतृत्व चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरूको नेतृत्व चयन भएको