वास्तविक सुकुम्बासीको पहिचान गर्न कार्यदल बनाउँदै सरकार | Khabarhub Khabarhub

वास्तविक सुकुम्बासीको पहिचान गर्न कार्यदल बनाउँदै सरकार


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले वास्तविक सुकुम्बासीको पहिचान गर्न कार्यदल बनाउने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शशी श्रेष्ठले वास्तविक सुकुम्बासी पत्ता लगाउने बताइन् ।

‘वास्तविक सुकुम्बासी पत्ता लगाउनुपर्छ । यसका लागि एउटा कार्यदल गठन गरेर जाने तयारी छ,’ उनले भनिन्, ‘कतिपयले पाइसकेको जग्गा बेचेर फेरि सुकुम्बासी बन्ने र भएको आफ्नो जग्गा बेचेर सुकुम्बासी बनेर आउने प्रवृत्ति छ । त्यसलाई नियन्त्रण गरिन्छ । वास्तविक सुकुम्बासीको तथ्यांक संकलन गरेर उचित पुनर्स्थापना गर्ने प्रयास गर्छौं ।

सुकुम्बासीलाई जग्गा वितरण गर्न तथा ऐलानी जग्गालाई नम्बरी बनाई लालपूर्जा वितरण गर्न सरकारले सुकुम्बासी आयोग गठन गरिसकेको छ ।

मन्त्री श्रेष्ठले सडक विस्तारका क्रममा विस्थापितको पुनर्स्थापनाका लागि पहल गर्ने, अन्य मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता समेत जनाइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : ४० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका