ऐश्वर्याले छाडेका फिल्म, जो ब्लकबस्टर भए | Khabarhub Khabarhub

ऐश्वर्याले छाडेका फिल्म, जो ब्लकबस्टर भए


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(न्यूजकारखाना)–बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सोमबार ४८ वर्ष पूरा भएकी छन् । १ नोभेम्बर १९७३ मा कर्नाटकमा जन्मिएकी ऐश्वर्या पछिल्लो समय फिल्म अभिनयमा त्यति सक्रिय छैनन् ।

मोडलिङबाट करिअर सुरु गरेकी उनलाई त्यतिबेलादेखि नै फिल्म खेल्ने अफर आएको हो । सन् १९९४ मा मिस वर्ल्डको शीर्ष उपाधि जितेपछि त उनलाई फिल्मको ओइरो नै लाग्न थाल्यो । थुप्रै टिभी एडमा अभिनय गरेकी उनले सन् १९९७ मा मणिरत्नम्को तमिल फिल्म ‘इरुवर’ बाट डेब्यु गरिन् । सोही वर्ष उनले पहिलो हिन्दी फिल्म ‘और प्यार हो गया’ मा अभिनय गरिन् । त्यसपछि धेरै बर्ष उनले पछाडि फर्केर हेर्नुपरेन । उनले थुप्रै हिट फिल्म दिइन् । बिहेपछि भने उनको अभिनय यात्रा अलि धिमा हुन गएको हो ।

ऐश्वर्याले केही यस्ता फिल्म अस्वीकार गरेकी छिन्, जुन सुपरहिट भएका थिए । बलिउडका साथै हलिउड फिल्ममा समेत अभिनय गरेकी ऐश्वर्या एक समय निर्माता, निर्देशकको पहिलो रोजाइमा पर्थिन् । सुरुमा उनलाई अफर गरिएको तर उनले ‘रिजेक्ट’ गरेका कतिपय फिल्म सुपरहिट भएका छन् । ऐश्वर्याले छोडेका, तर सुपरहिट भएका केही फिल्म यस्ता छन् :

राजा हिन्दुस्तानी
आमिर खान र करिश्मा कपुर अभिनित ‘राजा हिन्दुस्तानी’ ब्लकबस्टर फिल्म हो । धर्मेश दर्शन निर्देशित यो फिल्म मिस वर्ल्ड हुनुअघि नै ऐश्वर्यालाई अफर गरिएको थियो । तर उनले ‘रिजेक्ट’ गरिन् । त्यसपछि मात्रै यो फिल्ममा करिश्मालाई लिइएको थियो । आमिर र करिश्माको करिअरमा यो फिल्मले उथलपुथल नै ल्याइदिएको थियो । केही वर्षअघि फेमिनालाई दिएको एउटा अन्तर्वार्तामा ऐश्वर्याले आफू मोडलिङमा सक्रिय हुँदा नै निर्देशक धर्मेशले ‘राजा हिन्दुस्तानी’ बाट अफर गरेको, तर आफूले ‘रिजेक्ट’ गरेको बताएकी थिइन् । उनले आफूलाई निर्देशक मणिरत्नमका फिल्म मन पर्ने भएकाले उनकै निर्देशनको ‘इरुवर’ बाट डेब्यु गरेको खुलासा गरेकी थिइन् । ऐश्वर्याको डेब्यु ‘इरुवर’ ले औसत व्यापार गरेको थियो भने उनले छाडेको ‘राजा हिन्दुस्तानी’ ब्लकबस्टर भएको थियो । यो कुरामा चाहिँ आफूलाई पछुतो लागेको उनले बताउने गरेकी छन् ।

कुछ कुछ होता है
अर्को ब्लकबस्टर फिल्म हो, कुछ कुछ होता है । यो फिल्मको अभिनेत्रीका लागि सुरुमा ऐश्वर्यालाई अफर गरिएको थियो । तर यो फिल्म पनि उनले अस्वीकार गरिन् । सन् १९९९ मा ऐश्वर्याले फिल्म फेयरलाई दिएको अन्तर्वार्तामा आफूलाई ‘कुछ कुछ होता है’ मा रानी मुखर्जीले निर्वाह गरेको भूमिकाका लागि अफर गरिएको बताएकी थिइन् । त्यतिबेला आफू जुनियर भए पनि सबैले सिनियर कलाकारसँग तुलना गर्ने गरेकाले आफूमा धेरै चुनौती रहेको उनले बताएकी थिइन् । ‘यदि मैले यो फिल्ममा अभिनय गरेको भए मान्छेहरुले ऐश्वर्याले मोडलिङमा जे गरि, अर्थात् मिनीस्कर्ट लगाएर ग्ल्यामर पस्की, फिल्ममा पनि त्यही गरिराछे भनेर मजाक उडाउने थिए’, उनले भनेकी छन् ।

दिल तो पागल है
यो पनि ऐश्वर्याले छाडेको फिल्म हो । यो फिल्म पनि ब्लकबस्टर भएको थियो । निर्देशक यश चोपडाले ऐश्वर्यालाई ‘मैने तो मोहब्बत कर ली’ बाट डेब्यु गराउन चाहन्थे । तर ऐश्वर्याले अफर अस्वीकार गरिन् । पछि नाम परिवर्तन गरेर ‘दिल तो पागल है’ राखियो । ऐश्वर्याले नमानेपछि फिल्ममा शाहरुख खान र अक्षय कुमारका साथमा माधुरी दीक्षित र करिश्मा कपुरले अभिनय गरे । फिल्म ब्लकबस्टर भयो । ऐश्वर्याले त्यतिबेला यो फिल्म बिना कुनै खास कारण अस्वीकार गरेको बताएकी थिइन् ।

मुन्ना भाइ एमबिबिएस
सञ्जय दत्तलाई मुन्ना भाइ बनाउने ‘मुन्ना भाइ एमबिबिएस’ को अभिनेत्रीमा पहिला ऐश्वर्यालाई अफर गरिएको थियो । राजकुमार हिरानी निर्देशित यो ब्लकबस्टर फिल्म पनि ऐश्वर्याले खेल्न मानिनन् । त्यसपछि यो फिल्म ग्रेसी सिंहको भागमा पर्यो । फिल्म ब्लकबस्टर भयो । ग्रेसीले पनि निकै तारिफ पाइन् । यो फिल्म छोड्नाले फेरि ऐश्वर्या पछुताउनु प¥यो ।

वीर–जारा
ऐश्वर्याले अनुबन्धित भएर पनि छाडेको अर्काे ब्लकबस्टर फिल्म हो, ‘वीर–जारा’ । फिल्ममा शाहरुख खानले वीरको भूमिका निर्वाह गरेका छन् भने ऐश्वर्यालाई जाराको भूमिकाका लागि अफर गरिएको थियो । पछि, उनले रानी मुखर्जीले निर्वाह गरेको वकिलको भूमिकामा साइन गरेकोसमेत चर्चा थियो । तर, विविध कारण देखाउँदै यो फिल्म पनि ऐश्वर्याले छाडेकी थिइन् ।

दोस्ताना
करण जोहरको ‘दोस्ताना’ को अभिनेत्रीमा सुरुमा ऐश्वर्यालाई प्रस्ताव गरिएको थियो । त्यतिबेला उनी निकै व्यस्त थिइन् । त्यसकारण उनले यो फिल्म खेल्न सकिनन् । ऐश्वर्याले नभ्याएपछि करणले सो भूमिकामा प्रियंका चोपडालाई लिएका थिए । ‘दोस्ताना’ पनि हिट फिल्ममा पर्छ । पछि, करणले ‘ए दिल है मुस्किल’ फिल्ममा ऐश्वर्यालाई अभिनय गराएका थिए ।

बाजीराव मस्तानी
सञ्जयलीला भन्सालीको सुपरहिट फिल्म ‘बाजीराव मस्तानी’ सुरुमा ऐश्वर्यालाई अफर गरिएको थियो । सञ्जयलीला यो फिल्म सलमान खान र ऐश्वर्यालाई लिएर बनाउन चाहन्थे । सलमान र ऐश्वर्याको ‘हम दिल दे चुके सनम’ सुपरहिट भएकाले सञ्जयलीला यो जोडीलाई ‘बाजीराज मस्तानी’ मा दोहोर्याउन चाहन्थे । तर, ऐश्वर्या र सलमानको ब्रेकअप भएकाले लामो समयसम्म फिल्म बन्न सकेन । पछि, रणवीर सिंह र दीपिका पादुकोणलाई लिएर फिल्म बन्यो ।

भुलभुलैया
प्रियदर्शन निर्देशित हिट फिल्म ‘भुलभुलैया’ मा मंजुलीकाको भूमिकाका लागि सुरुमा ऐश्वर्यालाई अफर गरिएको थियो । तर, ऐश्वर्याले सो भूमिका निर्वाह गर्न अस्वीकार गरिन् । त्यसपछि विद्या बालनलाई अफर गएको थियो । अक्षय कुमार, विद्या बालन र राजपाल यादव अभिनित यो फिल्म पनि सुपरहिट भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ४ : १५ बजे

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु