दक्षिण एसियाकै ठूलो दाबी गरिएको स्याउ फार्मको राष्ट्रपतिद्वारा अनुगमन  | Khabarhub Khabarhub

दक्षिण एसियाकै ठूलो दाबी गरिएको स्याउ फार्मको राष्ट्रपतिद्वारा अनुगमन 


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- राष्ट्रपति विधादेवी भण्डारीले निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकन  गरेकी  छन् । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ स्याउ फार्मको अबलोकन गरेकी हुन् ।

मनाङ ङिस्याङ गाउँपालिका–१ भ्रताङमा रहेको एग्रो मनाङ प्रा.लि. को स्याउबारी दक्षिण एसियाकै ठूलो हो । ७३५ रोपनी क्षेत्रफलमा स्याउखेती गरिएको छ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।

राष्ट्रपति भण्डारीलाई एग्रो मनाङ प्रा.लि.का अध्यक्ष समराज गुरुङ र प्रबन्ध निर्देशक युवराज गुरुङले स्याउ फार्मकाबारेमा जानकारी गरएका थिए ।

अवलोकनपछि राष्ट्रपति भण्डारीले नेपालको दुर्गम जिल्लामा उन्नत र व्यावसायिक कृषि खेती गरेर नेपालको अर्थतन्त्रमा थप सहयोग पुग्ने भन्दै खुसी व्यक्त  गरिन् ।

मनाङको हाइ अल्टिच्युडमा रहेको यस एग्रो मनाङ फार्ममा देशको पहिलो महिला राष्ट्रपतिलाई स्वागत गर्न पाउँदा सम्पुर्ण मनाङका बासिन्दाहरु खुसी भएको प्रतिनिधिसभा सासद पाल्देन छोपाङ गुरुङले बताए ।

भ्रमणका क्रममा सांसद पाल्देन छोपाङ गुरुङ र मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङ जिल्ला र पालिकाको सुन्दरता र समस्याकाबारेमा धारणा राखेका थिए । उक्त फार्ममा गत आर्थिक वर्षमा ४५० टन स्याउ उत्पादन भएको थियो

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  २ : ०७ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको