प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यको सम्बोधन, राजीनामाको तयारी (लाइभ) | Khabarhub Khabarhub

प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यको सम्बोधन, राजीनामाको तयारी (लाइभ)


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  विश्वासको मत प्राप्त नहुने भएपछि राजीनामा घोषणाको तयारीमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकलाई सम्बोधन गरेका छन् ।

उनले सम्बोधन गर्दै राजनीतिक खिचातानीले लोकतन्त्र नै खतरामा परेको दाबी गरेका छन् ।

‘सबै दल एकै ठाउँमा उभिनुको विकल्प छैन, तर सबै एकअर्काको खिचातानीमा परेर संविधान र लोकतन्त्र नै खतरामा परेको छ,’ उनले भने,’मेरो सरकार गठनदेखिनै अस्थिरताबाट जकेडिएको छ तथापि राम्रो काम गरेको छु ।’

जारी सम्बोधनका क्रममा उनले आफूले गरेका राम्रा कामको फेहरिस्थ सुनाइरहेका छन् ।

मुख्यमन्त्री आचार्यले जारी प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भए पनि विश्वासको मत नपुग्ने भएपछि राजीनामाको तयारी भएको नेता हिक्मत कार्कीले जानकारी दिएका छन् ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले दसैँअघि नै असोज १० मा विश्वासको मत लिनुपर्ने प्रतिपक्षीहरूले दबाब दिँदै आएका थिए । भदौ ९ मा नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको थियो ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसदको बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ मत आवश्यक छ । तर पार्टी फुटेपछि प्रदेश-१ मा एमालेका ४१ सांसद छन् । त्यसमध्ये एक जना सभामुख हुन् भने र एक जना फरार छन् ।

विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद् छन् ।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एस) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १ : ५२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन