आज रमा एकादशी, यस्तो छ पौराणिक कथा | Khabarhub Khabarhub

आज रमा एकादशी, यस्तो छ पौराणिक कथा


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा एकादशी व्रत महत्त्वपूर्ण मानिन्छ । प्रत्येक वर्ष चौबीस एकादशी र अधिकमास वा मलमास परेमा २६ एकादशी हुन जान्छ । कार्तिक महिनाको कृष्ण पक्षमा पर्ने एकादशीको नाम रमा एकादशी हो ।

रमा एकादशीको कथा अनुसार प्राचीन कालमा मुचुकुन्द नाम गरेका एक राजा थिए । देवराज इन्द्रसहित यम, कुबेर, वरुण र बिभीषणसँग उनको गहिरो मित्रता थियो । उनी विष्णु भक्तिका कारण धर्मात्मा र न्यायमूर्ति थिए । उनको चन्द्रभागा नाम गरेकी एक छोरी थिइन । जसको विवाह चन्द्रसेन राजाका पुत्र शोभनसंग भएको थियो ।

शोभन दुर्वल, कमजोर र भोक सहन नसक्ने थिए । एक दिन शोभन कार्तिक कृष्ण पक्षमा ससुराली मुचुकन्दकोमा पुगे । त्यतिबेला रमा एकादशी नजिकिएको थियो र मुचुकुन्दले राज्यभरी एकादशीका दिन भोजन गर्न नहुने घोषणा गरे । यो खबरले शोभन चिन्तामा परे, उनीसंगै पति भोक सहन गर्न नसक्ने भएकाले चन्द्रभागा पनि चिन्तामा परिन् ।

चन्द्रभागाले उपाय निकाल्दै भनिन्, स्वामी पिताको राज्यमा एकादशीका दिन जीवजन्तुले समेत भोजन गर्दैनन् । त्यसैले तपाईँ अन्यत्र गई भोजन गर्नुहोस् । तर एकादशी व्रत विधि चाहिँ पुरा गर्नुहोस् । पत्नीको कुरा सुनेर शोभनले अन्त नजाने बरु व्रत नै बस्ने जे परे पनि सहने बताए र व्रत बस्ने निधो गरे ।

रमा एकादशीका दिन शोभनले व्रत बसे । तर भोक, प्यासले व्रतको भोलिपल्ट प्रातकाल मै उनको मृत्यु गयो । पतिको मृत्युपछि चन्द्रभागा माइतै बस्न थालिन् । रमा एकादशी व्रतको प्रभावले शोभनको इन्द्र राज्य सरह धनधान्य र सुखले युक्त मंदराचल पर्वतमा पुनर्जीवन प्राप्त भयो।

एक दिन राजा मुचुकुन्दकै राज्यका एक ब्राह्मण तीर्थयात्राका क्रममा भुल्लिएर मन्दराचल पर्वत पुगे । त्यहाँ उनले राजकुमार शोभनलाई देखे । उनले शोभन कसरी मन्दराचल पुगे भने सबै इति बृतान्त जानकारी लिए । शोभनले ससुरालीमा हुँदाका सबै घटना सुनाए र रमा एकादशीको व्रतको प्रभावले स्वर्गीय शान्ति प्राप्त भएको कुरा ती ब्राह्मणलाई सुनाए ।

तीर्थयात्रा सकिएपछि ब्राह्मणले चन्द्रभागालाई सविस्तार सुनाए । त्यसपछि ब्राह्मणका साथमा चन्द्रभागा मन्दराचल गइन् र वामदेव ऋषिका आश्रममा बसिन् । ऋषिले चन्द्रभागासंग सबै बृतान्त सोधे र वेद मन्त्रहरुद्वारा चन्द्रभागालाई अभिषेक गरिदिए । रमा एकादशीको व्रत र अभिषेकको प्रभावका कारण चन्द्रभागाको शरिरपनि दिव्य प्रज्वलित भयो ।

अन्ततः चन्द्रभागा आफ्ना पतिका समीपमा पुगिन् र रमा एकादशी व्रतका प्रभावले अभूतपूर्व मिलन गर्न सकिन् । शोभन र चन्द्रभागा सदासर्वदा सुख समृद्धि प्राप्त गरी मन्दराचलमा राज्य बिराज गरे ।

रमा एकादशी व्रतमा भगवान् विष्णुका पूर्णावतार केशव रूपको विधिवत् धूप, दीप, नैवेद्य, पुष्प एवं मौसम अनुसारका फलहरूले पूजा गरिन्छ। व्रतमा एक समय फलाहार गर्नुपर्छ तथा आफ्नो अधिकभन्दा अधिक समय प्रभु भक्ति एवं हरिनाम संकीर्तनमा बिताउनुपर्छ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : ४५ बजे

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको