सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब १० करोडको कारोबार  | Khabarhub Khabarhub

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब १० करोडको कारोबार 


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज शेयर बजार १ दशमलव २६ अंकले बढेर ३,०८१ दशमलव ०७ अंकको विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २२६ वटा कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ३६ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यूनाइटेड इन्स्योरेन्स कम्पनीको ३५ करोडमाथि शेयर कारोबार भएको छ । त्यस्तै सिनर्जी पावर कम्पनीको ३२ करोड १२ लाख, ङादी ग्रुपको ३० करोड ४६ लाख र यूनिभर्सल पावर कम्पनीको २९ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिनर्जी पावर कम्पनी, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, ग्रिन लाइफ हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, लक्ष्मी इक्यिुटी फण्डकाा लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ६ : ५१ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द