अमेरिकी विदेशमन्त्री ब्लिङ्केनको भारत भ्रमणको महत्व « Khabarhub
Logo
४ आश्विन २०७८, सोमबार

अमेरिकी विदेशमन्त्री ब्लिङ्केनको भारत भ्रमणको महत्व



अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केनको भारत भ्रमण उपयुक्त समयम भएको छ । दुई दिवसीय छोटो भ्रमणले चीन, पाकिस्तान र अफगानिस्तानलाई खास सन्देश दिएको छ । भ्रमणले भारतसँग बाइडेनको नयाँ प्रशासनको सम्बन्धको महत्व झल्काएको छ ।

ब्लिङ्केनका साहायक, अमेरिकाका उपविदेशमन्त्री विन्डी शेरम्यान चीन गए, उनी दिल्ली पनि गए तर पाकिस्तान गएनन् । यसले बाइडन प्रशासनले भारतसँगको सम्बन्धमा उच्च महत्व दिएको देखाउँछ ।

कोभिड–१९ महामारीको समयमा भारत–अमेरिका सम्बन्धको महत्व कति छ भन्ने कुरा क्वाड सम्मेलनमा भाग लिन वासिङ्टन जाने कार्यक्रमले पनि प्रष्ट पारेको छ । मन्त्री ब्लिङ्केनले राष्ट्रपति बाइडन दिल्ली भ्रमणका लागि इच्छुक रहेको प्रष्ट बताए तर भ्रमणको तिथिबारे गृहकार्य भएको छैन ।

अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच क्वाड सम्मेलन, जी ट्वान्टी बैठक र जी सेभेन बैठकमा गरी ‘भर्चुअल मोड’ मा तीन पटक भेट भइसकेको छ । अमेरिकी विदेशमन्त्री र भारतीय विदेशमन्त्रीका बीच चार पटक भेट भइसकेको छ ।

यसका साथै यो वर्षको अन्त्यसम्ममा भारतका विदेशमन्त्री र रक्षामन्त्रीले उनीहरूका अमेरिकी समकक्षीसँग अमेरिकामा ‘दुई जोड दुई’ बैठक गर्नेछन् ।

दुई देशबीच उच्चस्तरीय भेटवार्ताका अतिरिक्त ब्लिङ्केनको भारत भ्रमणको समय निकै महत्वपूर्ण छ । अफगानिस्तानमा रहेको अमेरिकी सेना आफ्नो उपस्थितिको समाप्तिमा छ; आफगान सेना देशका विभिन्न भागमा हिंसात्मक रूपमा फैलिन थालेको तालिवानी नियन्त्रण सम्बोधन गर्न कठिन प्रयत्न गर्दैछ; अफगानिस्तामा तालिवानको त्रासपूर्ण फैलावटमा दक्षिण तथा केन्द्रीय एशियामा देशहरूको चासो रहेको छ; चीन–भारत सीमा क्षेत्रमा चीन–भारत सैनिक द्वन्द्व जारी छ र विश्व कोरोना भाइरस महामारीको दोस्रो लहरसँग कठिन संघर्षमा छ ।

रोचक छ, चीन र पाकिस्तान ब्लिङ्केनको भ्रमण आफगानिस्तान सम्बन्धी मामलाहरू, भारतको प्रजातन्त्रको मामला र भ्याक्सिनका मामलामा दुई देशबीच मतभेद चर्किने अपेक्षामा थिए ।

अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच क्वाड सम्मेलन, जी ट्वान्टी बैठक र जी सेभेन बैठकमा गरी भर्चुअल मोड मा तीन पटक भेट भइसकेको छ । अमेरिकी विदेशमन्त्री र भारतीय विदेशमन्त्रीका बीच चार पटक भेट भइसकेको छ ।

चीन र पाकिस्ताका मिडियामा आएका रिपोर्टहरूका अनुसार अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीलाई भारतले सकारात्मक रूपमा लिएको छैन । तालिवानको उदय र तालिवन काबुलामा राज्य शक्तिमा आउन सक्ने सम्भावनाले अफगानिस्तानमा करिब तीन अर्ब अमेरिकी डलर बराबरको भारतीय लगानी, ३४ वटा प्रदेशमा भारतीय आयोजनाहरूबारे भारतको सरोकार छ ।

दोस्रो, अमेरिकाका प्रभावकारी धेरै जना सांसदहरूले भारतले प्रजातन्त्रमाथि भौतिक आक्रमण गरेको भनेर अप्रमाणित आलोचना गरेका थिए । ब्लिङ्केनले भारतमा मानवअधिकार र प्रजातन्त्रका विषयमा पनि विदेशमन्त्री एस. जयशंकरसँग कुरा उठाउनेछन् भनेर रिपोर्टिङ गरेका थिए । अमेरिकाले भ्याक्सिन उत्पादनको कच्चा पदार्थ ढिलो गरी निर्यात अनुमति दिएको कुरा पनि चिनियाँ र पाकिस्तानी मिडियाले उचालेका थिए ।

विदेशमन्त्री ब्लिङकेनले भारत प्रस्थानको पूर्वसन्ध्यामा जारी गरेको वक्तव्यका आधारमा पनि पाकिस्तानी र चिनियाँ विश्लेषकहरू आफ्नो विश्लेषण सही ठहरिनेमा विश्वस्त थिए । तर ब्लिङकेनको औपचारिक भेटवार्ताको नतिजाले पाकिस्तानी र चिनियाँ विश्लेषकहरूको विश्वासलाई गलत प्रमाणित गरिदियो ।

विदेशमन्त्री ब्लिङकेनले प्रजातन्त्र सम्बन्धी मामिलाहरूमा छलफल गरे, भारतीय विदेशमन्त्रीले पनि खुसीसाथ छलफल गरे । छलफलमा अमेरिकाको कुनै सुझाब थिएन र भारतको पनि कुनै प्रतिक्रिया थिएन ।

दुई ठूला प्राजातान्त्रिक र जनसंख्याको विविधता भएका मुलुकका अधिकारीहरूले आआफ्ना देशमा प्रजातन्त्रको स्थायित्व र विश्वव्यापीरूपमा प्रजातान्त्रिक संस्थाहरूलाई समर्थन गर्ने विषयमा धारण आदान–प्रदान गरे ।

विदेशमन्त्री ब्लिङ्केनले भ्याक्सिनका मामिलामा महामारीको पहिलो लहरको समयमा भारतले अमेरिकालाई गरेको सहयोगको सराहना गरे; अमेरिकाले भारतलाई गरेको सहयोगबारे प्रकाश पारे अनि थप २ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरे । भारत र अमेरिकाले ‘क्वाड इनिसिएटिभ’ अन्तर्गत एक अर्ब भ्याक्सिन उत्पादन गर्ने र विश्वका विभिन्न भूभागमा वितरण इच्छा र प्रतिबद्धता प्रकट गरे ।

ब्लिङ्केन र उनका भारतीय समकक्षीको वार्तालापमा अफगानिस्तानका मामलमा ठूलो मतभेद उत्पन्न भएन । खासमा भारत र अमेरिका तालिवानलाई बलपूर्वक राज्यशक्ति कब्जा गर्नबाट रोक्ने विषयमा दुवै देशको समान धारणा देखापर्‍यो । दुवै पक्षले अफगानी गुटहरूबीचको मतभेदमा शान्तिपूर्ण सहमति खोज्न क्षेत्रीय मुलुकहरूको सकारात्मक भूमिकाको महत्वमा जोड दिए ।

अमेरिका, सन १९८० को उत्तरार्धको भन्दा फरक, सैनिक फिर्ता गरेर पनि अफगानिस्तानबाट पूर्णरुपले बाहिरिने छैन । राष्ट्रपति बाइडनले अफगान राष्ट्रपति असरफ घानी र ‘हाइ काउन्सिल फर नेसनलन रिकन्सिलेसन’ का नेता अब्दुल्लाह अब्दुल्लाहलाई ह्वाइट हाउसमा निम्ता गरेका छन् । बाइडनले अफगान सरकारलाई सधैँ सहयोग गर्ने वचन दिएका छन् ।

पेन्टागनले अफगान सैनिकलाई तालिवान विरुद्धको सङ्घर्षमा आफ्नो हवाई बलले सधैँ हवाई सुरक्षा दिने जनाएको छ । अमेरिकाले अफगान सरकारलाई आर्थिक सहयोग पनि गर्नेछ ।

भारतले अमेरिकाको कदमको स्वागत गरेको छ ।

चीनले ‘क्वार्डिलेटरल सेक्युरिटी इनिसिएटिभ (क्वाड)’ लाई भारत, अमेरिका, जापान र अस्ट्रेलियाको ‘नटो’ का रूपमा हेरेको सन्दर्भमा ब्लिङ्केनले दिल्लीमा क्वाड कुनै सैनिक समूह होइन भन्ने कुरा प्रष्ट पारे । निश्चय नै, त्यसको अर्थ दक्षिण चीन सागर, चीन–अमेरिका सीमा क्षेत्र र अझ पूर्वी चीन सागरमा चीनको आक्रमक क्रियाकलाप स्वीकार्य हुन्छ भन्ने पनि होइन ।

भारत र अमेरिका दुवै देश चीन जलवायु सम्बन्धी मामिला सम्बोधन गर्ने जस्ता सकारात्मक उद्देश्यमा लाग्नु पर्छ भन्ने कुरामा प्रष्ट छन् । भारत र अमेरिकाले जलवायु सम्बन्धी मामिला सम्बोधनमा संयुक्त पहल गरेका छन् । स्वच्छ ऊर्जा विकासमा द्विपक्षीय सहयोग र बहुपक्षीय मञ्चहरूमा सहकार्यबाट अघि बढ्न दुवैले संयुक्त रुपमा काम गरेका छन् ।

क्वाड सदस्य राष्ट्रहरूले हानिकारक र उदाउँदा प्रविधिहरूमा खास चासो र सबोधन हुनुपर्ने मामलाहरूमा विचार गरेका छन् । विदेशमन्त्री ब्लिङ्केनले भारतीय नेताहरूसँग भारत–अमेरिका रणनीतिक सहकार्यको निरन्तर विकास र ‘इन्डो–प्यासिफिक’ मा सम्बोधन गर्नुपर्ने सान्दर्भिक मामिलाहरूमा दुई देशले संयुक्तरूपमा गर्नेछन् भन्ने विषमा गरेको छलफलाई प्राथमिकता दिन आवश्यक छ । दुई देशको सहकार्यबाट ‘इन्डो–प्यासिफिक’ शान्त र समृद्ध बनाउनुपर्छ ।

यसरी, विदेशमन्त्री ब्लिङकेनले वासिङ्टनमा हुने क्वाड सम्मेलनमा लागि आधारभूमि पनि तयार गरे ।

(प्राध्यापक चिन्तामणि महापात्रा जवाहरलाल नेहरू विश्वविद्यायको स्कुल अफ इन्टरनेसनल स्टडिज अन्तर्गत अमेरिकन स्टडिजका रेक्टर हुन् ।  यो लेख उनले खबरहब अंग्रेजीका लागि लेखेका हुन् । लेख नेपाली भाषामा भावानुवाद गरिएको हो ।)

 

 


भर्खर

0